२५ पुस २०८२
काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिन बितिसक्दा पनि उठाइएको छैन।
बुधबार साँझ करिब ५ बजे गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार नेपालीको शव हाल सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
उनले राधिकाको मृत्युका विषयमा पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल जारी रहे पनि कुनै निष्कर्षमा नपुगेकाले शव नउठाइएको जानकारी दिए।
शल्यक्रियामार्फत छोरी जन्माएपछि सुत्केरी राधिकाको स्वास्थ्य अवस्था जटिल बनेको थियो। २३ गते दिउँसो शिशु जन्माएकी नेपालीको सोही दिन साँझ उपचारकै क्रममा मृत्यु भएको हो। आमाको निधन भए पनि नवजात शिशु भने जीवित रहेको प्रहरीले जनाएको छ।
मृतकका परिवारजनले चिकित्सकको लापरबाहीका कारण राधिकाको मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया