१५ कात्तिक २०८३
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार ९ कात्तिक १६० मात्र अद्यावधिक गरिने भएको छ । १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने तयारी पूरा नभएकाले शुक्रबार ९कात्तिक १३० हुन नसकेको हो ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यको विवरण आयोगमा अद्यावधिक गर्नु नियमित प्रक्रिया भएको कांग्रेसले जनाएको छ । कार्यसमितिको पूर्ण विवरण अद्यावधिक गर्न आवश्यक कागजात तथा विवरण संकलनको काम आइतबार ९कात्तिक १५० पनि जारी रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
बिहीबार ९ कात्तिक १२० शपथग्रहणलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिइएको थियो । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।
कांग्रेसको १५औँ महाधिवेशन यही वर्ष असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा भएको थियो । महाधिवेशनबाट सभापति गगनकुमार थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
बिहीबार शपथग्रहण सम्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालयमा वर्तमान केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको थियो । सोही बैठकबाट आयोगमा विवरण अद्यावधिक गराउने निर्णय गरिएको हो ।
प्रहरी अनुसन्धानको दायरामा रहेका चारसहित १३ जनाको शपथग्रहण भने हुन बाँकी छ । बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए ।
विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवका हकमा अनुसन्धानको टुंगो नलागेसम्म शपथ प्रक्रिया रोकिएको छ । बाँकी नौजनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया