१५ साउन २०८२
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ । रञ्जिता श्रेष्ठविरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पतिसमेत रहेका संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको हो ।
हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।
नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी रञ्जितालाई पार्टीबाटै बिदा गर्ने निर्णय रेशमले राष्ट्रिय भेलाबाट गराएका छन् । पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष श्रेष्ठले गत आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।
अघिल्लो शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी थिइन् । अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।
तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाएका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका हुन् ।
रेशम पक्षको राष्ट्रिय भेलाले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको थियो । रञ्जिताले आफूखुसी गरेको भन्दै रिसाएका रेशमले अब पार्टीमा पनि सम्बन्ध तोडेका हुन् । अर्की श्रीमतीसँग रहँदै आएका रेशमले रञ्जितालाई पार्टी नेतृत्वबाटै किनारा लगाउने निर्णयसहित बुवालाई नेतृत्वमा स्थापित गराएका छन् ।
नागरिक उन्मुक्ति २०७९ को पहिलो चुनावबाटै आश्चर्यजनक रूपमा उदाएको थियो । उसले प्रतिनिधिसभामा चार सिट जितेको थियो । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा पनि नाउपाले प्रतिनिधित्व गर्छ।
रेशमले कारबाही गरेपछि अब रञ्जिता पक्षधरले पनि आफ्नो निर्णय लिन सक्नेछ । यसलाई लिएर रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् । उनले संसदीय दलका नेता गंगाराम चौधरीसँग बिहीबार नै स्पष्टीकरण सोधेकी छन् ।
श्रेष्ठले आफू अस्वस्थ भएको भन्दै बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि उनले कारबाहीबाट बच्न हतारमा यस्तो निर्णय गरेकी थिइन् । तर नाउपाको राष्ट्रिय भेलामार्फत् रेशमले उनलाई पार्टीबाट बाहिरको बाटो देखाएको हो ।
‘रञ्जिताजीले केन्द्रीय कमिटी बोलाएर जवाफ दिनुपर्थ्यो। कार्यवाहक तोकेकोमा मलाई चित्त बुझेको छैन। बैठक राखेर कार्यवाहक तोक्नुपर्थ्यो। कार्यकर्ताले आफ्नो अध्यक्ष र कार्यवाहक अध्यक्ष चिन्नुपर्छ’, उनले बुधबार भनेका थिए ।
उनले यो अवस्थाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट रहेको पनि बताएका थिए । ‘राजनीतिक दलमा उथलपुथल भइरहन्छ, तर यो सबै स्वीकारेर अघि बढ्नुपर्छ। उहाँ (रञ्जिता) लाई अध्यक्ष बनाउने वा नबनाउने कुरा साथीहरूको हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउनुपर्छ भन्ने होइन’, उनले काठमाडौंमा बुधबार भनेका थिए ।
यससँगै पार्टीभित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर उत्पन्न संकटले नाउपा गम्भीर अन्योलमा परेको छ। केन्द्रीय समिति बैठकबाट रञ्जितालाई हटाउने निर्णयले पार्टी पनि पहिलो चुनाव जितेकै कार्यकालयमा संकटमा परेको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया