०७ फागुन २०८२
काठमाडौं - रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णालीको गहिराइलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कर्णालीको पीडा र दुस्खलाई बेच्ने नेता धेरै आएको र बुझ्ने पार्टी रास्वपा बन्न चाहेको बताए ।
‘यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ,’ बालेनले भने, ‘देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं । त्यो बुझ्ने पार्टी हो रास्वपा ।’
कर्णालीको यार्सागुम्बा विश्वभर पुग्नसक्ने बताउँदै बालेनले कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्नसक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया