०७ फागुन २०८२
काठमाडौं - रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णालीको गहिराइलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कर्णालीको पीडा र दुस्खलाई बेच्ने नेता धेरै आएको र बुझ्ने पार्टी रास्वपा बन्न चाहेको बताए ।
‘यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ,’ बालेनले भने, ‘देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं । त्यो बुझ्ने पार्टी हो रास्वपा ।’
कर्णालीको यार्सागुम्बा विश्वभर पुग्नसक्ने बताउँदै बालेनले कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्नसक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया