०५ चैत २०८२
काठमाडा्ै- पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलकुद प्रतियोगितामा सहभागी नगराउन अध्यागमन विभागले कडा निर्देशन दिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई पत्र पठाउँदै विभागले यस्तो निर्देशन दिएको हो ।
यसअघि एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विदेशी खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेको थियो । विभागका निर्देशक टीकाराम ढकालद्धारा एन्फालाई पठाइएको पत्रमा यसबारे अनुगमन प्रारम्भ गरेको र प्रमाणित भएमा कारबाही अघि बढाइने जनाइएको छ ।
‘सो सम्बन्धमा यस विभागबाट आजैदेखि अनुगमन हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ ।
अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न नपाउने व्यवस्था छ । साथै, कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएको हुनुपर्नेछ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा
संसद्मा सभामुखको गुनासो- विपक्षीको साथ पाइनँ
यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा
बजेट दिउँसो ४ बजे नै किन सार्वजनिक गरिन्छ ?
बालेन नै प्रत्यक्ष निर्वाचित कार्यकारीबाट ब्याक, झस्कियो रास्वपा, देख्यो क्षतीको खतरा
४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
कांग्रेस–एमालेका कार्यकर्ता पाल्ने कार्यालय नै बालेनले गरे खारेज,मेडिकल कलेज,बोर्ड प्रतिष्ठानसहित यी २५ वटा कार्यालयमा लाग्यो सटर
प्रतिक्रिया