०५ चैत २०८२
काठमाडा्ै- पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलकुद प्रतियोगितामा सहभागी नगराउन अध्यागमन विभागले कडा निर्देशन दिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई पत्र पठाउँदै विभागले यस्तो निर्देशन दिएको हो ।
यसअघि एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विदेशी खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेको थियो । विभागका निर्देशक टीकाराम ढकालद्धारा एन्फालाई पठाइएको पत्रमा यसबारे अनुगमन प्रारम्भ गरेको र प्रमाणित भएमा कारबाही अघि बढाइने जनाइएको छ ।
‘सो सम्बन्धमा यस विभागबाट आजैदेखि अनुगमन हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ ।
अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न नपाउने व्यवस्था छ । साथै, कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएको हुनुपर्नेछ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया