२७ असोज २०८३
खगेन्द्रलाई सांसदको हैसियतमा काम गर्नै रोक, रास्वपाले सोध्यो २४ घण्टे स्पष्टिकरण, अडियो काण्डले सांसद पद नै धरापमा
काठमाडौं- पूर्वराज्यमन्त्रीको अश्लिल भिडियो खिच्दै ब्ल्याकमेलिङ गरेको आरोप लागेका, मार्छु काट्छु भन्दै धम्की दिएको अडियो बाहिरिएपछि विवादमा तानिएका सांसद खगेन्द्र सुनारमाथि रास्वपाले कारबाही प्रक्रिया अघि बढाएको छ । रास्वपाले निलम्वन नै गर्नेगरी खगेन्द्रलाई सांसदको हैसियतमा काम गर्नै रोक लगाउँदै २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
सांसद सुनारको भनिएको अडियोमा उनले ती महिला सांसदलाई सुन्नै नसकिने गाली गर्दै, अनेकन आर्थिक दबाब दिँदै जेसुकै गरिदिने धम्की दिएका छन् । उनले ती महिला सांसदलाई धम्की दिने मात्रै होइन कुट्ने पिट्ने र गोप्य भिडियोमार्फत ब्ल्याकमेलिङ गर्ने गरेको समेत अडियोमा सुनिन्छ । स्वयम ती महिलाले आफ्नो अश्लिल भिडियो खिच्दा सहे, कुट्दा सहे भन्दै टेलिफोन संवादमा दुखेसो ब्यक्त गरेकी छिन् । अडियोमा सुनारले महिलालाई निश्चित समयभित्र पैसा उपलब्ध गराउन दबाब दिएको र राजीनामा दिएर संसदीय दलमा बुझाउन निर्देशन दिएकोसमेत सुनिन्छ ।
यो अडियो सार्वजनिक भएपछि रास्वपाले तत्काल एक्सलन लिदै खगेन्द्रलाई सांसदको हैसियतमा काम गर्न रोक लगाएको छ भने २४ घण्टे स्पष्टिकरण सोधेको छ । यस विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । ‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको प्रष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ’, रास्वपाको अनुशासन आयोगका एक सदस्यले भने । पार्टी महामन्त्री विपिन कुमार आर्चायले यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको मंगलबार विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
रास्वपाका केन्द्रीय सदस्य समेत रहेका सुनारले भने अडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीका लागि चौतर्फी दबाब बढेको छ । चौतर्फि विरोधपछि र पार्टीले समेत कारबाही प्रक्रिया अघि बढाएपछि सांसद सुनारले फेसबुकमार्फत एक भिडियो प्रष्टिकरण जारी गर्दै आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको सुनारको जिकिर छ। प्रहरीभित्रको बदमासीविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वले धम्क्याउने काम गरेको उनले गम्भीर आरोप लगाएका छन्।
सोमबार सार्वजनिक भएको विवादित अडियोबारे स्पष्टीकरण दिँदै सांसद सुनारले उक्त अडियो आफ्नो नभएको र कुनै काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता ९एआई० को प्रयोगमार्फत जोडेर प्रचार गरिएको दाबी गरेका छन् । कसैले मुद्दा नहालेपछि मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र अन्य व्यक्तिको चरित्रहत्या गर्ने खेल रचिएको उनको जिकिर छ। आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै सुनारले पार्टी, संसद् र राज्य संयन्त्रबाट हुने निष्पक्ष छानबिनलाई सघाउन तयार रहेको बताएका छन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया