२२ भदौ २०८२
काठमाडौं - सरकारले सामाजिक सञ्जाल सूचीकृत हुन नआएको भन्दै प्रतिबन्ध लगाएको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा नेताहरूले सामाजिक सञ्जाल बन्द गरेको विषयमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेको हो।
नेता विमलेन्द्र निधिले आजको बैठकमा सामाजिक सञ्जाललाई नियमन गर्न विकल्प हुँदा हुँदै बन्द गर्ने सरकारको निर्णय सही नभएको विषय उठेको जानकारी दिए।
बैठकमा सहभागी अर्का एक नेताले महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्दा शीर्ष राजनीतिक दल र तीनका नेताप्रति युवा पुस्ता थप चिढिने अवस्था बन्ने बताएका थिए।
उनले भनेका थिए,बाहिरको कुरा के छ बुझेको छैन। निर्णय गर्ने भनेर फ्याट्ट गरिदिएको छ। असरको ख्याल गरिएको छैन। नियमनको नाममा बन्द गरेर दुख दिएर समाधान भयो त ।
त्यसपछि सभापति देउवाले भने,बन्द गर्नुपर्छ त भनेको छैन नियमन गर्ने भनेको छ। सरकारको कुरा के रहेछ बुझौँ।,
त्यस्तै बैठकमा सहभागी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यस विषयमा विज्ञसँग छलफल गरेर धारणा बनाउने भनिएको छ।
ुयसबारे पार्टीले विज्ञहरूसँग छलफल गरेर सरकारलाई धारणा बुझाउने निर्णय भएको छ’ उनले भने।
नेता निधिकाअनुसार आजको बैठकमा कात्तिक १७ मा मनाङ प्रदेशसभा ख मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय भएको बताए। उनले उम्मेदवारको विषयमा संसदीय बोर्डले छिटै छलफल गर्ने भनिएको बताए।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया