२२ माघ २०८२
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन झापा– ५ बाट चुनाव लडेका रास्वपाका वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालय नै तोडफोड भएको छ । बुधबार राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै सम्पर्क कार्यालय खोलिएको थियो । रास्वपा र बालेनको प्रचारप्रसार, भेटघाटका निम्ति खोलिएको कार्यालय तोडफोडबाट झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सम्पर्क कार्यालयमा तोडफोड कसले गरेको भन्ने खुल्न बाँकी छ ।
बालेनले झापा– ५ मा माघ ६ गते उम्मेदवारी दर्ता गर्दै गर्दा एमालेका कार्यकर्ताले रास्वपा समर्थकमाथि आक्रमण गरेका थिए । निकै आक्रोशित देखिएका एमाले समर्थकले बालेनमाथि नै आक्रमण गर्नेसम्मको योजना बनाइरहेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । एमाले कार्यकर्ता दादागिरी शैलीमा प्रस्तुत हुँदा झापा– ५ लाई सुरक्षाका हिसावले पनि निकै संवेदनशील क्षेत्रका रुपमा सुरक्षा निकायले हेर्दै आएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया