२२ माघ २०८२
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन झापा– ५ बाट चुनाव लडेका रास्वपाका वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालय नै तोडफोड भएको छ । बुधबार राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै सम्पर्क कार्यालय खोलिएको थियो । रास्वपा र बालेनको प्रचारप्रसार, भेटघाटका निम्ति खोलिएको कार्यालय तोडफोडबाट झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सम्पर्क कार्यालयमा तोडफोड कसले गरेको भन्ने खुल्न बाँकी छ ।
बालेनले झापा– ५ मा माघ ६ गते उम्मेदवारी दर्ता गर्दै गर्दा एमालेका कार्यकर्ताले रास्वपा समर्थकमाथि आक्रमण गरेका थिए । निकै आक्रोशित देखिएका एमाले समर्थकले बालेनमाथि नै आक्रमण गर्नेसम्मको योजना बनाइरहेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । एमाले कार्यकर्ता दादागिरी शैलीमा प्रस्तुत हुँदा झापा– ५ लाई सुरक्षाका हिसावले पनि निकै संवेदनशील क्षेत्रका रुपमा सुरक्षा निकायले हेर्दै आएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया