०३ मंसिर २०८२
काठमाडौं ( बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४।९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो ।
आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०।४२ र व्यापार ०।३२ प्रतिशत बढे ।
विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०।१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०।०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०।४७ प्रतिशत घटे ।
समग्र बजारको परिसूचक घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी छन् । यी सबै हालै सूचीकृत नयाँ कम्पनी हुन् । आईपीओ सूचीकृत भएपछि केही समय त्यस्ता कम्पनीको मूल्य उचालिने गरेको छ ।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.१८ तथा पियोर इनर्जीको मूल्य ६.९३ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घट्यो । पिपुल्स हाइड्रोपावरको मूल्य ३.५८, ग्रिन डेभलपमेन्ट बैंकको ३.५१ तथा पिपुल्स पावरको ३.१८ प्रतिशत घट्यो ।
बुधबार धेरै कारोबार भएका पाँच कम्पनीमा बरुण हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया