२३ असोज २०८३
काठमाडौं- विदेशमा पसिना बगाउन गएका, तर श्रमको उचित मूल्य नपाएर निसास्सीएका नेपालीहरुले अब मलेसिया रोजगारीका न्यूनतम ७५ हजार रुपौयाँ मासिक तलव पाउने भएका छन्। मलेसिया सरकारले विदेशी कामदारको न्यूनतम मासिक तलब बढाएर २ हजार मलेसियाली रिंगिट पु¥याउने ऐतिहासिक घोषणा गरेको छ। यो निर्णय लागू भएसँगै अब मलेसियामा सुरक्षा गार्डदेखि सामान्य काममा जाने हरेक नेपालीले मासिक कम्तीमा ७५ हजार ५ सय रुपैयाँभन्दा बढी कमाउने भएका छन्।
शुक्रबार मलेसियाको संसद्मा बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले कामदारको न्यूनतम मासिक तलब १७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट पु¥याउने घोषणा गरेका छन्। नयाँ तलबमान सन् २०२७ जुनदेखि औपचारिक रूपमा लागू हुनेछ। नेपाली रुपैयाँको वर्तमान विनिमय दर अनुसार अब मलेसियामा कार्यरत जुनसुकै नेपालीले न्यूनतम ७५ हजार ५ सय ३७ रुपैयाँ मासिक तलब पाउनेछन्। यसअघि उनीहरूले १७ सय रिंगिट अर्थात् करिब ६८ हजार रुपैयाँ मात्र पाउँदै आएका थिए।
मलेसिया सरकारको यो घोषणाबाट कम्तीमा ४० लाखभन्दा बढी कामदार लाभान्वित हुने अनुमान गरिएको छ। बढ्दो महँगी र जीवनयापनको लागतलाई सम्बोधन गर्न यो कदम चालिएको प्रधानमन्त्री अनवरले बताएका छन्।
केवल न्यूनतम तलब मात्र होइन, मलेसिया सरकारले अर्धदक्ष र स्नातक उत्तीर्ण जनशक्तिका लागि सुरुवाती तलब कम्तीमा २ हजार ५ सय रिंगिट करिब ९४ हजार रुपैयाँ तोक्ने भएको छ। सरकारी स्वामित्वका कम्पनीहरूमा काम गर्ने श्रमिकहरूको न्यूनतम तलब ३ हजार ४ सय रिंगिट करिब १ लाख २८ हजार रुपैयाँ पु¥याइनेछ। यसका साथै, अवैध रूपमा काम गरिरहेका विदेशी कामदार नियन्त्रण गर्न र पारदर्शी भुक्तानी सुनिश्चित गर्न कम्पनीहरूले बैंक खातामार्फत नै अनिवार्य तलब दिनुपर्ने कडा नियम ल्याइएको छ।
घरपरिवार छोडेर परदेशमा हड्डी घोट्न बाध्य नेपाली युवाहरूका लागि मलेसिया सरकारको यो बजेट घोषणा केवल अंकको वृद्धि मात्र होइन, उनीहरूको पसिनाको वास्तविक कदर र भविष्यको बलियो आड भरोसा पनि हो। न्यूनतम तलब ७५ हजार ५ सय नाघ्ने यो निर्णयले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली परिवारको अनुहारमा खुसी छाउने निश्चित छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया