०६ साउन २०८२
काठमाडौं –नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा हुने उत्तारचढावमा रमाउन सक्नेले नै राजनीति गर्न उचित हुने उल्लेख गरे।
आफू चिकित्सक भएपनि अहिले राजनीतिमा रहेको र यसमै रमाइरहेको नेता कोइरालाले बताए। राजनीतिमा एउटा सोचे भन्दा फरक भइदिने उनले बताए।
कोइरालाले भने, ‘मान्छेहरू मलाई सोध्छन्, डाक्टर मान्छे, राजनीति गर्दैछौ, रमाइरहेका छौ म के भन्छु भने डाक्टरमा आफ्नो विज्ञान हुन्छ, आफ्नो हात हुन्छ अपरेशन गर्दा । राजनीतिमा सबै अन्योल हुन्छ । आफूले सोचेको एउटा बाटोमा त जान्छ, हुन्छ अर्को बाटो । जसले त्यो रमाउन सक्छ त्यसले राजनीति गर्नुपर्छ । हाम्रो बाटो त यो हो तर त्यहाँ गइसकेपछि अर्को बाटो आउँछ र त्यसैमा रमाउनुपर्छ ।’
सांसद कोइरालाले आफूले पनि पुस्तक लेख्ने प्रयास गरिरहेको बताए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया