०२ असार २०८३
काठमाडौ- राहादानी जसको अर्को नाम हो– राज्यलाई अर्बौको नोक्सानी, जनताले सधैं खेपिरहनु पर्ने हैरानी । नागरिकलाई यातना दिएर आफू अर्बौ कुम्ल्याउन खोज्नेहरुविरुद्ध प्रधानमन्त्री कार्यालय र अख्तियारले संयुक्त अप्रेशन सुरु गरेको छ । जसको सुरुवात अख्तियारले प्रधानमन्त्री कार्यालयबाटै राहादानी विभागका महानिर्देशकबाटै उठाएर गरेको छ ।
महानिर्देशक तीर्थराज अर्याललाई सोमबार प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न बोलाएको थियो। पासपोर्ट खरिद प्रकरणको फाइल सहित बोलाइएका उनलाई अख्तियारले त्यहिबाट पक्राउ गरेको छ । प्रधानमन्त्री कार्यालयबाटै महानिर्देशक पक्राउ परेसँगै कर्मचारीहरुको भागभाग चलेको छ भने पूर्व पराष्ट्रमन्त्रीदेखि परारष्ट्र सचिवसम्मको मुटुमा ड्याङग्रो ठोकेको छ । किनकी अख्तियारको अनुसन्धानको राडर परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईदेखि पूर्व परराष्ट्र मन्त्री आरजु राणा र उनका छोरा जयवीरसम्म छन् । उनीहरुको समेत कनेक्सन रहेको केहि संकेतहरु भेटेपछि अख्तियार अनुसन्धानको सूई उनीहरुतर्फ समेत तेर्साएको छ।
के हो ई–पासपोर्ट अनियमितता ?
पाँच वर्षका लागि ६४ हजार थान ई–पासपोर्ट खरिद गर्न मंसीर, २०८१ मा राहदानी विभागले डेढ महिनाको समयसीमा तोकेर टेण्डर निकालेको थियो । केही निश्चित कम्पनीहरुलाई लाभ र अनुकुल हुने गरी शर्त राखेको भेटिएपछि बोलपत्रमाथि नै विवाद भएको थियो । नेपालमा पहिलेदेखि नै राहदानी आपूर्ति गर्दै आइरहेको आइडिमियालाई अनुकुल हुने गरी शर्त राखिएको भन्दै उनीहरुले विरोध गरेका थिए ।
प्रतिस्पर्धालाई सीमित गरेर टेण्डर निकालिएको भन्दै विभिन्न कम्पनी र सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमनको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अनि राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उजुरी गरेका थिए । उजुरीमाथिको अनुसन्धान अघि बढ्न नसकेका बेला राहदानी विभागले दुई हिस्सामा गरी ६ अर्ब ११ करोड अनि एक अर्ब ५५ करोड रुपैयाँमा पासपोर्टको दुई प्याकेज ठेक्कामा दिएको थियो ।
अख्तियारसम्वद्ध स्रोतका अनुसार, टेण्डर अघि बढ्नासाथ परराष्ट्रमन्त्री आरजु देउवा, उनका छोरा जयवीर, व्यवसायी मनिन्द्रराज मल्ल लगायत त्यतिबेला राष्ट्रपतिका राजनीतिक सल्लाहकार समेत रहेका सुनिल थापा एवं केही व्यवसायीहरुले हस्तक्षेप गरेर अनियमितता गरेको भनी उजुरीहरु परेका थिए । लामो समयदेखि अलपत्र अवस्थामा रहेको यो उजुरी उपर प्रधानमन्त्री कार्यालयले नै चासो राखेपछि अहिले अख्तियार सक्रिय भएको छ । र, यो प्रकरणमा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाकी पत्नी आरजु समेत पक्राउ पर्ने सम्भावना उच्च देखिएको छ । टेण्डर प्रक्रियामा उनको भूमिकाको विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । सुनिल थापाको भने संलग्नता नभेटेको अख्तियारले उनका छोरा सिद्धार्थ थापालाई भने पक्राउ नै गरेको छ । उनले नै एजेन्टको काम गरेको पाइए पछि अख्तियारले पक्राउ बोलाएको समयमा उपस्थित हुने गरी छाडिएको छ ।
सन् २०२५ नोभेम्बरमा राहदानी विभागसँग अझै दुई लाखभन्दा बढी पासपोर्ट मौज्दात थियो । यही बेला आईडीईमियाले नयाँ भेरिएसन आदेशका लागि अघिल्लो सम्झौताभन्दा पनि महँगो अर्थात् प्रति पुस्तिका १५ अमेरिकी डलरको अस्वाभाविक प्रस्ताव राख्यो ।
निकै ठुलो विवाद र मोलमोलाइपछि अन्ततः सरकारले करिब ७ लाख थप राहदानी भेरिएसन आदेशमार्फत नै प्रति पुस्तिका १०.५३ अमेरिकी डलरमा खरिद गर्ने निर्णय ग¥यो । बजारमा ८ डलरभन्दा कममा पाइने राहदानीलाई १०.५३ डलर तिर्नुले सार्वजनिक खरिद प्रक्रियामा बिचौलियाको दबदबा कति छ भन्ने प्रस्ट्याउँछ ।
सिंगापुरमा अफसोर कम्पनी खडा गरी कमिसनबापतको मोटो रकम उतै लगेर कर छली र पुँजी पलायन गरेको आरोप खेपिरहेको यो समूहले ’भेरिएसन आदेश’को अस्त्र प्रयोग गरी अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई अर्बौंको थप भार पारेको पाइएको छ । राज्यलाई पारिएको यो ठुलो आर्थिक भार सामान्य प्रशासनिक त्रुटि नभई सुनियोजित डिजाइन भएको स्रोतको दाबी छ । भेरिएसनमार्फत बढाइएको यही अतिरिक्त रकम नै नेपालको डेल्टा कोर प्रा।लि। र सिंगापुरको क्यापिटल बिज सोलुसनमार्फत बिचौलियाहरूले अफसोर कमिसनका रूपमा बुझ्ने गरेका हुन् ।
सरकारी प्रविधि तथा पहिचानसम्बन्धी परियोजनाहरूबाट प्राप्त हुने यस्तो अवैध कमिसन सिंगापुरबाट हङकङ हुँदै दुबईसम्म पु¥याउने सञ्जाल सक्रिय रहेको यसअघि नै खुलासा भइसकेको छ ।
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक
राहदानी छपाइमा अनियमितता:जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारले बयानमा बोलायो
यी हुन विश्वकप फुटवलका रोचक तथ्यहरु, ११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
पिआरधारी कर्मचारीलाई धमाधम निकाल्दै सरकार, धोकवाज खोज्न चलायो अप्रेशन
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
ई–पासपोर्ट घोटालामा आरजु र जयवीर पनि संलग्न सेटिङमै अर्ब घोटाला, को को तानिदैछन् अनुसन्धानमा ?
प्रतिक्रिया