०४ भदौ २०८२
काठमाडौं- अनुमान गर्नुहोस् त काठमाडौं उपत्यत्कामा कति सार्वजनिक जग्गा अतिक्रमण भएको होला ? १ हजार वा २ हजार रोपनी ? होइन १ लाख रोपनी भन्दा धेरै जग्गा भूमाफियाले कब्जा गरेर जगजग गरेको पाइएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको खुलासा गरेको छ । धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले २०२१ सालको नापी, २०४४ सालको नापी र २०५६ सालको नापीलाई हेरेर तथ्याङ्क निकाल्ने हो भने अहिले धोबी खोलाको मात्रै २ सय रोपनी भन्दा धेरै जग्गा अक्रिमण भएको उनको दाबी छ ।
त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणले ९४ कम्पनीका ५ हजार रोपनीभन्दा बढी अवैध प्लटिङ रोकिएको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले तीन खर्ब मूल्य बराबरको अवैध प्लटिङ खरिद विक्रीका लागि रोक्का गरिएको बताएका हुन् ।
त्यस्तै, प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेलले रोक्का राखिएका अवैध प्लटिङ वस्ती विकासको दृष्टिले निकै जोखिम रहेको बताए । आवधि तथा पर्ती जग्गाहरुको भू–उपभोग र प्रयोग गर्ने अधिकारसमेत काठमाडौं उपत्यका विकास प्राधिकरणमा रहेको छ ।
कुनै प्रकारको भवन निर्माण वा भवनहरुको विस्तार गर्दा, घडेरीहरु विकास गर्दा प्राधिकरणसँग योजना अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । प्राधिकरणलाई नियमित, नियन्त्रण र निषेध गर्ने अधिकारसमेत रहेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया