०३ फागुन २०८२
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको बताएका छन् । आइतबार भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनी नसकेको बताएका हुन् ।
ियसबारेमा सरकारले धेरै कुरा जान्नुपर्ने ओलीको भनाइ छ । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौ, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि ।’ यद्यपि, उनले अब चुनाव हुन्छ भन्ने आफूले ठानेको बताए ।
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं। ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं। ५ बाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् ।
सकेसम्म झापा ५ नम्बर निर्वाचन क्षेत्रका सबै मतदातासँग भेट्ने आफ्नो तयारी रहेको ओलीको भनाइ छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया