३० असोज २०८२
काठमाडौं - सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो ।
“अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको छ । मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गर्नेछ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।
राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका पाँचजनाको नाम भने फिर्ता बोलाउने वा नबोलाउने विषयमा अझै छलफल चलिरहेको स्रोतको दाबी छ । ११ जनालाई तत्काल फिर्ता बोलाउने र पाँचजनाको कार्यशैली केही समय हेर्ने भन्ने समझदार हाल बनेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
“राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका पाँच जनालाई तत्काल फिर्ता नबोलाउने समझदारी बनेको छ । तर छलफल चलिरहेकोले यसै भन्न सकिन्न,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
हाल विभिन्न देशमा रहेका ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ वटा नियोगहरुमा नेपाली राजदूतहरु रहेका छन् । तीमध्ये १८ स्थानमा करियर डिप्लोम्याट ९परराष्ट्र मन्त्रालयका० र १६ स्थानमा राजनीतिक नियुक्तिका आधारमा गएका राजदूतहरु छन् ।
“करियर डिप्लोम्याटलाई फिर्ता बोलाइँदैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अन्य ११ राजदूतलाई सकेसम्म छिट्टै फिर्ता बोलाउने निर्णय हुन्छ ।”
सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शाहिल रुपाखेती, भारतका लागि डा। शंकरप्रसाद शर्मा, इजरायलका लागि धनप्रसाद पन्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरेबियाका लागि डा। नरेशविक्रम ढकाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि लोकदर्शन रेग्मी र स्पेनका लागि शनिल नेपाल छन् ।
राजनीतिक नियुक्तिबाट राजदूत बनेका अष्ट्रिेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपालीलाई भने तत्काल फिर्ता नबोलाइने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
करियर राजदूतहरु बहराइनका लागि तीर्थराज वाग्ले, बंगलादेशका लागि घनश्याम भण्डारी, बेल्जियमका लागि सेवा लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, क्यानडाका लागि भरतराज पौड्याल, इजिप्टका लागि सुशिल लम्साल, फ्रान्सका लागि सुधिर भट्टराई, जापानका लागि दुर्गाबहादुर सुवेदी, कुवेतका लागि घनश्याम लम्साल, म्यानमारका लागि हरिषचन्द्र घिमिरे, ओमानका लागि डोरनाथ अर्याल, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, थाइल्याण्डका लागि धनबहादुर वली, युनाइटेड अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, राष्ट्रसंघका लागि अमेरिकाको न्यूयोर्कस्थित स्थायी नियोगका लागि लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदी र अष्ट्रियास्थित नेपाली स्थायी नियोगका लागि भरतकुमार रेग्मीलाई भने फिर्ता बोलाइने छैन ।
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन
ओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो
काठमाडौँमा १२ बजेसम्म २५ प्रतिशत मत खस्यो
ओली र बालेनलगायत उम्मेदवार रहेको झापामा शान्तिपूर्ण मतदान
अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा
दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति
ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार
सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो
चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड
होर्मुजको घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया