०५ चैत २०८२
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिँदै उपसभापति विश्वप्रकाश शर्मालाई पत्र बुझाइसकेका छन् ।
माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले बुधबार राजीना पत्र शर्मालाई बुझाएका हुन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन् ।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापाले लगत्तै प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा सक्रिय भए भने आफू पनि काठमाडौं(४ छोडेर सर्लाही(४ मा चुनाव लड्न गए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।
पार्टीभित्र थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने शेरबहादुर देउवा समूहका नेताहरूले बताउँदै आएका छन् भने विशेष महाधिवेशन पक्षधर नेताहरू भने राजीनामा दिन नहुने बताउँदै आएका छन् ।
०७९ को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक थापा नेतृत्वमा ‘बदल्यौँ कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा होमिएको थियो । तर,निर्वाचनमा नमिठो हार बेहोरेपछि थापा राजीनामा दिने अवस्थामा पुगेका हुन् ।
थापाले राजीनामा दिए अब यसको प्रक्रिया के हुन्छ भन्ने आम चासो छ । थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रसहितको प्रस्ताव अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । उक्त प्रस्ताव उपसभापतिले बैठकमा पेस गर्ने वैधानिक व्यवस्था छ । प्रस्तावलाई केन्द्रीय समितिले स्वीकृत गरेमा उपभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछन् ।
सभापतिको राजीनामाबारे पार्टीको विधानको धारा २६ मा स्पष्ट लेखिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया