१३ जेठ २०८३
काठमाडौं- कर्मचारी र सुरक्षाकर्मी खुसी पार्न २५ प्रतिशतसम्म तलव बढाउने तयारी गरेको सरकारले आम नागरिकको उपचारमा भने चरम वेवास्ता गरेको छ । सरकारी अस्पतालमा बेड पाउने गाह्रो भएपछि, पालो पाउनै हम्मे हम्मे परेपछि निजी अस्पतालसम्म पुग्ने गरेका नागरिकले स्वास्थ्य विमामार्फत केहि हदसम्म राहात पाउँदै आएका थिए । तर, सरकारले त्यहि बिमा पनि खोसिदिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ । यही जेठ ११ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ । ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावापतको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब भने बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि बीमा कार्यक्रम बन्दको चरणमा पुगेको देखिन्छ । त्यसो त कतिपय सरकारी अस्पतालले आफैले लामो समयदेखि पैसा नपाएपछि विमा कार्यक्रम नै बन्द गरेका छन् ।
स्वास्थ्य र शिक्षामा राज्यले लगानी गरेर यसमा आम नागरिकको सहज पहुँच पुर्याउनु पर्ने ठाउँमा झन झन सरकारले जटिल बनाइदिएको छ । गरिबको चमेली बोल्दिने कोही छैन भन्दै गित गाउने गायक नै प्रधानमन्त्री भएका बेला गरिबहरुले उपचार नै पाउन कठिन हुने गरी स्वास्थ्य विमा बन्द गरिएको भन्दै सरकारको आलोचना हुन थालेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया