२२ माघ २०८२
काठमाडौं - यसपटकको निर्वाचनमा आम नेपालीलाई सबैभन्दा धेरै कुनै निर्वाचन क्षेत्रका विषयमा चासो छ भने त्यो हो। झापा क्षेत्र नम्बर ५ ।
जहाँ मुख्य रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ । यी दुबै नेता भावी प्रधानमन्त्रीका दाबेदार हुन् । यी दुईका अतिरिक्त यो निर्वाचन क्षेत्रमा अन्य २२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
२२ जना उम्मेदवार भएको यो निर्वाचन क्षेत्रको वास्तविक मतपतको नमुना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसअनुसार एमालेको चुनाव चिह्न ‘सूर्य’ सबैभन्दा अगाडि छ भने पहिलो लहरमा (दायाँतर्फ) क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेपाली कम्युनिस्ट पार्टीको (पाँचकुने तारा), रास्वपाको ‘घण्टी’ र राप्रपाको ‘हलो’ छ ।
यहाँ नेपाली कांग्रेसबाट मंधरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट रन्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट संजय राई, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, पिपुल फस्र्ट पार्टीबाट धर्मराज गुरागाईं उम्मेदवार छन् । यस क्षेत्रमा पुस्कर खतिवडा, प्रकाश नेपाल, खेमनाथ शिवाकोटी, डम्वर शाहुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया