०१ चैत २०८२
काठमाडौं - नेपाली कांग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने बताएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
तर, निर्वाचनको समीक्षा भने अर्को बैठकमा मात्रै गरिने प्रवक्ता देवराज चालिसेले जानकारी गराए ।
‘समानुपातिक सिफारिस गर्ने आज अन्तिम दिन हो । आज यसलाई सक्छौं । यहि हप्तामा हामी निर्वाचनको समीक्षा पनि गर्छौं,’ उनले भने, ‘एक दुई दिनभित्रमा फेरि बैठक बस्छौं । सबै विषयहरू त्यहीँ छलफल हुन्छ ।’
पार्टीले निर्वाचनको बारेमा वृहत छलफल गर्ने र त्यसपछि मात्रै धारणा बनाउने प्रवक्ता चालिसेको भनाइ छ ।
‘पार्टीले वृहत छलफल गर्छ । त्यसपछि मात्रै धारणा आउँछ,’ उनले बैठकपछि भने ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया