१० पुस २०८२
काठमाडौँ - चुनावको मिति नजिकिँदै गर्दा नयाँ शक्तिहरुको समीकरण बनाउने प्रयास भइरहेको छ । सोही प्रयासस्वरुप बिहीबार ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा जुटेका छन् ।
बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा छलफल सुरु भएको हो । बालेनले बुधबार मध्यरातसम्म पनि विभिन्न क्षेत्रका सक्रिय र चर्चित व्यक्तित्वसँग भेटघाट गरेका थिए । सो भेटमा डा भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका अभियन्ता सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डेको पनि सहभागिता रहेको थियो ।
यस्तै कलाकार निश्चल बस्नेत, सञ्चारकर्मीहरू सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया समेत छलफलमा सहभागी थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया