२२ भदौ २०८२
काठमाडौं -भारतको अयोध्यामा राम मन्दिर बनेसँगै नेपाल सरकारले जनकपुरस्थित जानकी मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न चासो दिनुपर्ने आवाज उठेको छ।
पर्यटक भित्र्याउने आवश्यक सुविधा निर्माण गर्ने र अयोध्या–जनकपुरलाई रेलमार्गमार्फत जोड्ने कामले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने धारणा व्यक्त गरिएको छ।
जनकपुरमा सम्पन्न ‘पर्यटनबाट आर्थिक समृद्धि स् जनकपुरको भविष्य’ विषयक विशेष कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रहिसकेका रञ्जित कर्णले जनकपुरलाई राम–सीताको संयुक्त सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने बताए। उनका अनुसार अयोध्यामा दैनिक एकदेखि पाँच लाखसम्म भक्तजन पुग्ने गरेका छन्। तीमध्ये ३० प्रतिशत मात्र जनकपुर आउन सके पनि नेपालले वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्न सक्ने र हजारौं रोजगारी सिर्जना हुने उल्लेख गरे।
कर्णले अयोध्या–जनकपुर रेलमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने, पर्यटकमैत्री पूर्वाधार तयार गर्नुपर्ने र मिथिला सभ्यताको केन्द्र जनकपुरलाई विश्वसामु चिनाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदाय सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा मधेश प्रदेशका सांसद राम सरोज यादव, विभिन्न प्रतिष्ठित व्यवसायी, सामाजिक अभियन्ता तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले जनकपुरलाई सफा, सुन्दर र पर्यटकमैत्री शहर बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
सांसद यादवले जनकपुरलाई मिथिला सभ्यताको राजधानीका रूपमा विश्वसामु स्थापित गर्न सरकार र जनसमुदायले साझा प्रयास गर्नुपर्नेमा जोड दिए। त्यस्तै, सर्वसाधारण सहभागीहरूले सरसफाइ, पूर्वाधार सुधार र प्रचार–प्रसारलाई प्राथमिकतामा राखी पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउनुपर्ने धारणा राखेका थिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया