२१ पुस २०८२
काठमाडौँ - नेपालको दोस्रो अस्पताल आयुर्वेद चिकित्सालय नरदेवीले एकीकृत सेवा सञ्चालन गर्ने भएको छ । एकीकृत उपचार सेवा प्रवाह गरेर सेवाग्राहीको उपचारमा थप गुणस्तरता ल्याउने चिकित्सालयको तयारी रहेको छ ।
चिकित्सालयका निर्देशक डा.वासुदेव उपाध्यायले पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चर सेवालाई एकीकृत रुपमा सञ्चालन गर्ने बताए । नसा र हाडजोर्नीसम्बन्धी रोग उपचार सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चरलाई एकीकृत सेवा सञ्चालन गर्न थालिएको उनको भनाइ छ ।
सेवाग्रहीलाई न्यूनमत शुल्कमा ती सबै उपचार गर्ने उनले बताए । पञ्चकर्मले शरीरलाई शुद्ध पार्ने र सन्तुलन कायम गर्ने एक प्राचीन चिकित्सा पद्धति हो । जसमा शरीरका दोष ९वात, पित्त, कफ० लाई बाहिर निकालेर विषालु पदार्थ हटाउन पाँच मुख्य क्रियाहरू ९वमन, विरेचन, बस्ती, नस्य, रक्तमोक्षण० प्रयोग गरिन्छ ।
विसं १९७४ मा स्थापना भएको चिकित्सालयमा अहिले सामान्य चिकित्सा, शल्यचिकित्सा र अकुपञ्चर सेवाका साथै फिजियोथेरापी, सिटी स्क्यानसहित सेवा पनि सञ्चालन भइरहेको छ । चिकित्सालयमा विगत ६ महिनादेखि सिटी स्क्यान सञ्चालनमा आएको छ ।
चिकित्सालयमा पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
चिकित्सालयमा सबभन्दा धेरै बिरामी गुदद्वारसम्बन्धी आउने गरेका छन् । जीवनशैलीमा आएको परिवर्तनले गुदद्वारसँग सम्बन्धित पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै गएको पाइएको चिकित्सालयका निर्देशक डा उपाध्यायले जानकारी दिए ।
चिल्लो खानपान, जङ्कफुड, एकै ठाउँमा लामो समयसम्म काम गर्नुपर्ने, शारीरिक अभ्यास कम जस्ता कारणलै अहिले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै गएका हुन् । उनका अनुसार भर्ना भएर उपचार गर्नै धैरै बिरामी पायल्स, फिस्टुला र फिसर रहेको बताए ।
विसं २०८१र८२ को तथ्याङ्कअनुसार ११ हजार ५५३ जना गुदद्वारसम्बन्धी बिरामी रहेका छन् । उनका अनुसार चिकित्सालयमा भर्ना भएकामध्ये ६० प्रतिशत बिरामी पायल्स, फिस्टुला र फिसरसँग सम्बन्धित छन् ।
चिकित्सालयमा यी तिनै रोगको क्षारसूत्र विधिबाट सर्वसुलभ रुपमा उपचार हुने भएकाले धेरै बिरामी आउने गरेको उनको भनाइ छ । उनले समयमा नै उपचार नगरे रोग बल्झिएर क्यान्सरसमेत हुन सक्ने बताए।
भर्ना भएका बिरामीलाई मनोपरामर्श सेवा
चिकित्सालयले अस्पतालमा भर्ना भएका बिरामीलाई दैनिक बिहान मनोपरामर्श सेवा उपलब्ध गराउने तयारी गरेको छ । चिकित्सालयका निर्देशक डा उपाध्यायले बिहान ध्यानको माध्यमबाट मनोपरामर्श सेवा सुरु गर्ने बताए । यसका लागि चिकित्सालयले हलसमेत बनाइसकेको छ ।
बिहानको समयमा बिरामीलाई मनोपरामर्श सेवा दिने उनले बताए । चिकित्सालयमा अहिले दैनिक ३०० बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयले आफैँले उत्पादन गरेका २५ प्रकारका आयुर्वेद औषधि बिरामीलाई वितरण गर्दै आएको छ ।
यस्तै विपन्न, ज्येष्ठ नागरिकलाई वार्षिक २० लाख बराबरको औषधि उपचार पनि निःशुल्क रुपमा दिइँदै आएको निर्देशक डा उपाध्यायले जानकारी दिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया