१० वैशाख २०८३
काठमाडौं- प्रहरीलाई बिल्लिबाठ बनाएर राष्ट्रपतिलाई हेलिप्याड बनाइ दिन खोज्ने, प्रहरीको ऐतिहासिक जग्गा खोसेर राष्ट्रपतिलाई पोस्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बालेन शाह नेतृत्वको सरकारले उल्टाइ दिएको छ ।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयमा हस्तान्तरण गर्ने आठ वर्ष अघिको ओलीको निर्णय सरकारले उल्ट्याएको छ । अब उक्त जग्गा पुनः प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहनेछ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै २०७५ भदौ १ को निर्णय संशोधन गरिएको जानकारी दिए।
तत्कालिन ओली सरकारले एक सय चौध रोपनी तीन आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा सार्ने व्यवस्था गरिएको थियो। २०७५ भदौ २१ मा राष्ट्रपतिको कार्यालय परिसर विस्तारका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय गरेको थियो। खासगरी तत्कालिन राष्ट्रपति विद्या भण्डारीका लागि हेलिप्याड बनाउन भनेर ओली सरकारले प्रहरीकै उठिबास लगाउने निर्णय गरेको थियो । गुड्न छाडेर भण्डारीले उड्ने रहर गरेपछि प्रहरीलाई नै लखेटेर प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई ओलीले उपलब्ध गराएका थिए । जसको चर्को विरोध भएपनि ओलीले आफ्नो निर्णय सच्याएका थिएनन् । तर, ८ वर्षपछि प्रहरीको ऐतिहासिक भूमि प्रहरीकै रहने गरी बालेन सरकारले फिर्ता गरिदिएको छ । इतिहासअनुसार २०१२ सालमा नेपाल प्रहरी गठन हुँदा महाराजगञ्जमै तालिम सञ्चालन गरिएको थियो। अहिलेको निर्णयसँगै सो ऐतिहासिक स्थलमा प्रहरी प्रशिक्षण पुनः निरन्तर रहने भएको छ।
ओली सरकारको २०७५ भदौ २१ को निर्णयपछि प्रहरी एकेडेमीभित्र भइरहेको निर्माण कार्य रोक्न निर्देशन दिएको थियो। त्यसपछि भवन विस्तार, मर्मतसम्भारलगायतका काम अवरुद्ध हुँदै आएका थिए। भूकम्पपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसमेत लामो समयदेखि अलपत्र रह्यो। प्रहरी अधिकृत र पूर्वमहानिरीक्षकहरूले उक्त निर्णयको विरोध गर्दै आएका थिए। २०७८ साउन २० मा १५ जना पूर्वआईजीपीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर निर्णय खारेज गर्न माग गरेका थिए। तर कसैले सुनवाई गरेको थिएन । बालेन सरकारले भने प्रहरीको मनोवल बढाउने गरी उनीहरुको ऐतिहासिक जग्गा फिर्ता गर्ने निर्णय गरेको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया