०९ साउन २०८२
काठमाडौं- वन, बगर र ब्यक्तिको जग्गा हडपेर गोरख धन्दा चलाइरहेको सिन्धुपाल्चोकको सुकेटे बीच रिसोर्टविरुद्ध सिन्धु पर्यटन व्यवसायी संघले भण्डाफोर अभियान चलाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम बेचेर, नगरपालिका र प्रशासनसँग सेटिङ मिलाएर वन, बगर र ब्यक्तिको जग्गा हडपेर धन्दा चलाएको भन्दै संघले पत्रकार सम्मेलन नै गरेर सुकटे बीचको भण्डाफोर गरेको हो ।
३६ रोपनी क्षेत्रफलमा फैलिएको सुकेटेबीचको आफ्नो जग्गा भने जम्मा ३ रोपनी ६ आना मात्रै देखिन्छ । बाँकी जग्गा वन, बगर र ब्यक्तिको हडपेको सिन्धु पर्यटन व्यवसायी संघले जनाएको छ । सधियारकै ४ रोपनी जग्गा वर्षौदेखि हडपेको पाइएको छ । जसको खुलासा डीएनए मिडियाले १ महिना अघि गरेको थियो ।
संधियार विष्णुलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५०६ र ४३० को जग्गा सुकुटे बीचका सञ्चालक महेन्द्र सिंह थापाले कब्जा गरेका छन् । अहिले पनि जग्गाको तिरो तिर्दै आएको विष्णुलाल श्रेष्ठको परिवारले वर्षौदेखि फिर्ता माग्दा पनि नदिएपछि उनीहरुले नगरपालिकादेखि प्रशासन गुहारेका थिए । तर, उजुरी दर्ता त परको कुरा सुकुटे बीचका विषयमा कुरै सुन्न नचाहेपछि पीडित परिवारले सहयोग माग्दै सिन्धु पर्यटन ब्यवसायी संघमा उजुरी दिएको थियो।
सोही उजुरीपछि संघले सुकुटे बीचको कर्तुतको भण्डाफोर अभियान सुरु गरेको हो । संघका अध्यक्ष नारायण श्रेष्ठले अत्ति भएपछि बाध्य भएर बोल्नु परेको बताए । सुकुटे क्षेत्रलाई बद्नाम गर्नेगरी सार्वजनिक जग्गा हडपेका सुकेटे बीचका अध्यक्ष महेन्द्र सिंह थापाले ब्यक्तिको जग्गा समेत कब्जा गरेर अत्याचार गरेपछि आफूहरु पीडितको मुद्दालाई लिएर पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए । उनका अनुसार सुकुटे बीचको बद्मासीमा प्रहरी, सिडियो र मेयरले समेत साथ दिएका छन् । पीडितको उजुरी समेत दर्ता नगरी थर्काउने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
सुकुटे बीचका सञ्चालक थापाले अदालतलाई समेत झुक्याएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले वन र बगर क्षेत्रको जग्गा खाली गर्न पत्राचार गरेपछि सर्वोच्च अदालत गएका थापाले अदालतमा पेश गरेका निवेदनमै विष्णुलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५०६ र ४३० पनि मेरो हो भने दाबी गरेका छन् । सिन्धु पर्यटन व्यवसायी संघले यो विषयमा अदालतको ढोका ढक्ढक्याउने जनाएको छ । संघका अध्यक्ष श्रेष्ठले अदालतलाई समेत झुक्यानमा पारेर थापाले गरेको बद्मासीविरुद्ध अदालत जाने चेतावनी दिए ।
बन र बगरसँगै ब्यक्तिको जग्गा समेत हपेर गोरख धन्दा चलाइरहेको सुकुटेबीचले जग्गाको कुरा गर्ने वित्तिकै प्रहरी लगाएर लखेट्ने गरेको पीडित परिवार बताउँछन् । पीडित सुजन श्रेष्ठका अनुसार २०५४ सालदेखि सुकुटे बीचका सञ्चालक महेन्द्र सिंह थापाले उनीहरुको जग्गा कब्जा गरेका हुन् । रिसोर्टको संरचना बनाउदा निर्माण सामाग्री राख्नका लागि केहि समय प्रयोग गर्नदिनु भनेर थापाले जग्गा मागेका थिए । पछि उनले त्यहि जग्गामा संरचना बनाउन थाले र सम्पूर्ण रुपमा ४ रोपनी जग्गा हडपेका थिए।
सुजनका काका विष्णुलाल श्रेष्ठले पटक पटक जग्गाको विषयमा कुरा गर्न खोज्दा थापाले पछि कुरा गरौला भन्दै टार्ने गरेका थिए । विष्णुलालको निधनपछि अहिले जग्गाको कुरा गर्दा उनका परिवारलाई धम्क्याउने र प्रहरी लगाएर थुन्ने गरेको उनी गुनासो गर्छन् ।
सुकुटे बीचका सञ्चालक थापाले भने यो जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । केहिदिन अघि सो जग्गाको विषयमा पत्रकार सम्मेलन गर्दै वडामा समेत दर्ता नभएको कपाली कागज देखाउँदै यहि कागजका आधारमा जग्गा आफ्नो भएको जिकीर गरेका थिए । ताकी जग्गा आफ्नो हुन मालपोत पुगेर पास गर्नुपर्छ । लालपुर्जा आफ्नो हुनपर्छ । पास नहुने जग्गा नभए स्थानीय सरकराको रोहबरमा वडामा दर्ता गरेर कागज गर्नुपर्छ । भाडामै लिएको भए सो सम्झौता पत्र वडामा दर्ता गरिनुपर्छ । तर, थापाले एउटा कपाली कागज देखाएर ब्यक्तिको ४ रोपनी जग्गा मेरो भन्दै दाबी गरिरहेका छन् ।
ब्यक्तिको जग्गा हडपेर मेरो हो भन्दै थापाले गरेको पत्रकार सम्मेलनमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्की पनि सहभागी भएका थिए । ब्यक्तिको जग्गा हडपेको विषयमा भएको पत्रकार सम्मेलनमा सिडियो र एपीको उपस्थितिले उनीहरुको नियतमाथि समेत सिन्धु पर्यटन व्यवसायी संघले प्रश्न उठाएको छ ।
संघका अध्यक्ष श्रेष्ठले थापासँग उहाँहरुको सँठगाँठ छ की भन्ने हाम्रो शंका थियो, जग्गा हडपेको विषयमा भएको पत्रकार सम्मेलनमा बसेर उहाँहरुले पुष्टि गरिदिएको बताए । उनले प्रश्न गरे– 'होइन भने के का लािग किन त्यो पत्रकार सम्मेलनमा बस्नु भयो ? जवाफ दिनु पर्दैन ?'
बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न माग लिएर आयोग पुगे जेन-जी अभियन्ता
‘दशैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्यु, औषधि कम्पनीका मालिक पक्राउ
लगातार बढिरहेको सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो
राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
यी ६ सडक पूर्ण रुपमा बन्द
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
प्रतिक्रिया