०९ साउन २०८२
काठमाडौं- वन, बगर र ब्यक्तिको जग्गा हडपेर गोरख धन्दा चलाइरहेको सिन्धुपाल्चोकको सुकेटे बीच रिसोर्टविरुद्ध सिन्धु पर्यटन व्यवसायी संघले भण्डाफोर अभियान चलाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम बेचेर, नगरपालिका र प्रशासनसँग सेटिङ मिलाएर वन, बगर र ब्यक्तिको जग्गा हडपेर धन्दा चलाएको भन्दै संघले पत्रकार सम्मेलन नै गरेर सुकटे बीचको भण्डाफोर गरेको हो ।
३६ रोपनी क्षेत्रफलमा फैलिएको सुकेटेबीचको आफ्नो जग्गा भने जम्मा ३ रोपनी ६ आना मात्रै देखिन्छ । बाँकी जग्गा वन, बगर र ब्यक्तिको हडपेको सिन्धु पर्यटन व्यवसायी संघले जनाएको छ । सधियारकै ४ रोपनी जग्गा वर्षौदेखि हडपेको पाइएको छ । जसको खुलासा डीएनए मिडियाले १ महिना अघि गरेको थियो ।
संधियार विष्णुलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५०६ र ४३० को जग्गा सुकुटे बीचका सञ्चालक महेन्द्र सिंह थापाले कब्जा गरेका छन् । अहिले पनि जग्गाको तिरो तिर्दै आएको विष्णुलाल श्रेष्ठको परिवारले वर्षौदेखि फिर्ता माग्दा पनि नदिएपछि उनीहरुले नगरपालिकादेखि प्रशासन गुहारेका थिए । तर, उजुरी दर्ता त परको कुरा सुकुटे बीचका विषयमा कुरै सुन्न नचाहेपछि पीडित परिवारले सहयोग माग्दै सिन्धु पर्यटन ब्यवसायी संघमा उजुरी दिएको थियो।
सोही उजुरीपछि संघले सुकुटे बीचको कर्तुतको भण्डाफोर अभियान सुरु गरेको हो । संघका अध्यक्ष नारायण श्रेष्ठले अत्ति भएपछि बाध्य भएर बोल्नु परेको बताए । सुकुटे क्षेत्रलाई बद्नाम गर्नेगरी सार्वजनिक जग्गा हडपेका सुकेटे बीचका अध्यक्ष महेन्द्र सिंह थापाले ब्यक्तिको जग्गा समेत कब्जा गरेर अत्याचार गरेपछि आफूहरु पीडितको मुद्दालाई लिएर पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए । उनका अनुसार सुकुटे बीचको बद्मासीमा प्रहरी, सिडियो र मेयरले समेत साथ दिएका छन् । पीडितको उजुरी समेत दर्ता नगरी थर्काउने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
सुकुटे बीचका सञ्चालक थापाले अदालतलाई समेत झुक्याएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले वन र बगर क्षेत्रको जग्गा खाली गर्न पत्राचार गरेपछि सर्वोच्च अदालत गएका थापाले अदालतमा पेश गरेका निवेदनमै विष्णुलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५०६ र ४३० पनि मेरो हो भने दाबी गरेका छन् । सिन्धु पर्यटन व्यवसायी संघले यो विषयमा अदालतको ढोका ढक्ढक्याउने जनाएको छ । संघका अध्यक्ष श्रेष्ठले अदालतलाई समेत झुक्यानमा पारेर थापाले गरेको बद्मासीविरुद्ध अदालत जाने चेतावनी दिए ।
बन र बगरसँगै ब्यक्तिको जग्गा समेत हपेर गोरख धन्दा चलाइरहेको सुकुटेबीचले जग्गाको कुरा गर्ने वित्तिकै प्रहरी लगाएर लखेट्ने गरेको पीडित परिवार बताउँछन् । पीडित सुजन श्रेष्ठका अनुसार २०५४ सालदेखि सुकुटे बीचका सञ्चालक महेन्द्र सिंह थापाले उनीहरुको जग्गा कब्जा गरेका हुन् । रिसोर्टको संरचना बनाउदा निर्माण सामाग्री राख्नका लागि केहि समय प्रयोग गर्नदिनु भनेर थापाले जग्गा मागेका थिए । पछि उनले त्यहि जग्गामा संरचना बनाउन थाले र सम्पूर्ण रुपमा ४ रोपनी जग्गा हडपेका थिए।
सुजनका काका विष्णुलाल श्रेष्ठले पटक पटक जग्गाको विषयमा कुरा गर्न खोज्दा थापाले पछि कुरा गरौला भन्दै टार्ने गरेका थिए । विष्णुलालको निधनपछि अहिले जग्गाको कुरा गर्दा उनका परिवारलाई धम्क्याउने र प्रहरी लगाएर थुन्ने गरेको उनी गुनासो गर्छन् ।
सुकुटे बीचका सञ्चालक थापाले भने यो जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । केहिदिन अघि सो जग्गाको विषयमा पत्रकार सम्मेलन गर्दै वडामा समेत दर्ता नभएको कपाली कागज देखाउँदै यहि कागजका आधारमा जग्गा आफ्नो भएको जिकीर गरेका थिए । ताकी जग्गा आफ्नो हुन मालपोत पुगेर पास गर्नुपर्छ । लालपुर्जा आफ्नो हुनपर्छ । पास नहुने जग्गा नभए स्थानीय सरकराको रोहबरमा वडामा दर्ता गरेर कागज गर्नुपर्छ । भाडामै लिएको भए सो सम्झौता पत्र वडामा दर्ता गरिनुपर्छ । तर, थापाले एउटा कपाली कागज देखाएर ब्यक्तिको ४ रोपनी जग्गा मेरो भन्दै दाबी गरिरहेका छन् ।
ब्यक्तिको जग्गा हडपेर मेरो हो भन्दै थापाले गरेको पत्रकार सम्मेलनमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्की पनि सहभागी भएका थिए । ब्यक्तिको जग्गा हडपेको विषयमा भएको पत्रकार सम्मेलनमा सिडियो र एपीको उपस्थितिले उनीहरुको नियतमाथि समेत सिन्धु पर्यटन व्यवसायी संघले प्रश्न उठाएको छ ।
संघका अध्यक्ष श्रेष्ठले थापासँग उहाँहरुको सँठगाँठ छ की भन्ने हाम्रो शंका थियो, जग्गा हडपेको विषयमा भएको पत्रकार सम्मेलनमा बसेर उहाँहरुले पुष्टि गरिदिएको बताए । उनले प्रश्न गरे– 'होइन भने के का लािग किन त्यो पत्रकार सम्मेलनमा बस्नु भयो ? जवाफ दिनु पर्दैन ?'
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया