०४ मंसिर २०८२
काठमाडौं - बुधबार प्रदर्शनमा उत्रिएका जेनजी युवामाथि एमालेका कार्यकर्ताले कुटपिट गरेसँगै बिहीबार पुनः बाराको सिमरा तनावग्रस्त बनेको छ। एमाले नेता महेश बस्नेत र महासचिव शंखर पोखरेललाई जिल्ला प्रवेशमा रोक लगाउने भन्दै जनेजी युवा प्रदर्शनमा उत्रिएका थिए ।
तर, उनीहरुको प्रदर्शन भित्रै छिरेर एमालेका कार्यकर्ताहरुले जनेजी युवाहरुमाथि निर्घात कुटपिट गरेसँगै आक्रोशित भएका युवाहरु बिहीबार पुनः सडकमा उत्रिएका छन्। आफ्ना साथीहरुलाई कुटपिट गर्ने वडाध्यक्षसहित स्थानीय नेता कार्यकर्तालाई पक्राउ गर्न माग गर्दै बिहीबार बिहानै देखि जेनजीहरुले पुन प्रदर्शन गरेका छन् । राजमार्ग नै बन्द गर्न खोजेपछि जेनजी र प्रहरीबीच समेत झडप भएको छ।
स्थिति तनाबग्रस्त भएपछि सिमरामा फेरि कफ्र्यू आदेश जारी गरिएको छ । स्थिति थप बिग्रिन नदिन सीमित क्षेत्रमा कफ्र्यू लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार बुधबारको तुलनामा कफ्र्यू सीमित क्षेत्रमा मात्रै लगाइएको छ। तर, कर्फुपछि पनि जेनजीको प्रदर्शन रोकिएको छैन् ।
कफ्र्यु अवज्ञा गर्दै सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ । सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ ।
जेनजीहरु पुनः प्रदर्शनमा उत्रिएपछि दबाबमा परेको प्रहरीले बुधबार जेनजी युवाहरु कुटपिटमा संलग्न भएको अभियोगमा सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन्।
उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए। जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।
बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न जाने क्रममा पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतलाई रोक्न भन्दै जेनजी समूहले विरोध गरेपछि स्थित बिग्रिएको थियो । विरोधका कारण पोखरेल र बस्नेत सिमरा जानै नपाई त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए भने सिमरामा एमालेका कार्यकर्ताले जनेजीमाथि आक्रमण गरेका थिए । स्थिति तनावग्रस्त भएपछि बुधबार पनि विमानस्थल आसपासका क्षेत्रमा कफ्र्यू लगाइएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया