०४ मंसिर २०८२
काठमाडौं - एन्फा कम्प्लेक्सको गेट अगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने भएको छ।
ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै शहीद स्मारक लिगका क्लबहरूले भोलि एन्फाको गेटमा आन्दोलन चर्काउने भएका हुन् ।
क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गरेका छन् ।
यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटो एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो ।
उनीहरूले पनि ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएका थिए।
वर्तमान राष्ट्रिय टिमका खेलाडीहरू अन्जन विष्ट रोहित चन्द एरिक विष्ट सनिश श्रेष्ठ लगायत चर्चित खेलाडिहरूका साथै विक्रम लामा, विकेश कुथु, विशाल श्रेष्ठ लगायत खेलाडीहरू एन्फा पुगेका थिए ।उनीहरूको एउटै माग थियो, ‘ए डिभिजन लिग हुनुपर्छ, खेलाडीले खेल्न पाउनुपर्छ, घरेलु फुटबल नियमित हुनुपर्छ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया