२४ माघ २०८१
काठमाडौं– पूर्व उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा गरेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले मागेको ५४ लाख रुपैयाँ धरौटीमा बुझाएर लामिछाने बिहिबार नै रिहा भएका हुन् ।
धरौटीमा रिहा गर्न आदेश दिँदा अदालतले अहिले नै लामिछाने दोषी नरहेको आधार नदेखिएको बताएको छ । जाहेरवालाको किटानी जाहेरी, छविलाल जोशी र कुमार रम्तेलको बयान, शैलेन्द्र रेग्मी, अर्जुन श्रेष्ठसहितको भनाइ तथा मिसिलमा संलग्न प्रमाणका आधारमा लामिछाने दोषी नरहेको आधार नदेखिएको आदेशमा उल्लेख छ ।
“...जाहेरवालाहरूको किटानी जाहेरी परेको, मौकामा अनुसन्धान अधिकारीसमक्ष सहप्रतिवादीहरू छविलाल जोशी र कुमार रम्तेलले यी प्रतिवादी रवि लामिछानेलाई समेत पोल गरी बयान गरेको, मौकामा घटना विवरण कागज गर्ने मानिसहरू शैलेन्द्र रेग्मी, अर्जुन श्रेष्ठ समेतका मानिसहरूको भनाइ तथा मूल मिसिल संलग्न बरामदी मुचुल्का समेतका उल्लिखित तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकाले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,००० । धरौट वा जमानत वा बैंक जमानत लिनू,” आदेशमा भनिएको छ ।
आदेशमा अगाडि भनिएको छ, "“सो माग भएको धरौट वा जमानत वा बैंक जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नू, सो दिन नसके कानुनबमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।”
यसअघि, लामिछाने माघ १३ गते रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए ।
उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए । उनीविरुद्ध अझै पर्सा जिल्लामा सहकारी ठगीको मुद्दा बाँकी नै छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया