Search Form Always Available
logo.png शनिबार, २८ असार २०८२

चर्चामा:

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल

डीएनए खबर

डीएनए खबर

०५ फागुन २०८१

काठमाडौं- सर्लक्क परेको ज्यान, चिटिक्क परेको मुहार । सुहाँउदो गोरी, अनुहारमा टिक्क कोठी । झट्ट हेर्दा यी युवती जति सुन्दर छिन् यीनको धन्दा उति नै खतरनाक छ । 

यीनले आफ्नो यहि रुप जालमा युवादेखि अर्धवैशसम्मलाई फसाएर लाखौ लाखको बार्गेनिङ गर्ने गरेको खुलेको छ । आफूले भनेको रकम नदिए बलात्कारको आरोपमा मुद्दा ठोकिदिने धम्की दिदै पैसा असुल्ने गरेको पाइएको छ । 

चितवनको रत्ननगर ८ घर भएकी २८ वर्षीय अस्मिता आचार्य काठमाडौंको कुलेश्वरमा बस्थिन् । जसले कुलेश्वरमै रहेको इलेक्ट्रोनिक्स पसलका एक सञ्चालकलाई आफ्नो रुप जालमा फसाएर १० लाखको बार्गेनिङ गरेको पाइएको छ । 

कुरा झन्डै तीन महिना अघिको हो । अस्मिता बिग्रेको राइसकुकर लिएर मर्मत गर्न भन्दै यी इलेक्ट्रोनिक्स पसलेकोमा पुग्छन् । मर्मत भएपछि बोलाउने भन्दै सञ्चालकले अस्मिताको सम्पर्क नम्बर लिन्छन् भने आफ्नो भिजिटिङ कार्ड पनि दिन्छन् । बिग्रेको राइसकुकर मर्मत भएपछि सञ्चालकले युवतीलाई सम्पर्क गरी राइसकुकर मर्मत भएकाले लिन आउन खबर गर्छन् । युवती मर्मत भएको राइसकुकर लिन पुग्छिन् र केही समय कुराकानी पनि गर्छिन् । 

यसपछि पनि युवती उक्त इलेक्ट्रोनिक्स पसलमा बारम्बार गइरहन्छिन् । बारम्बारको भेटघाटले युवती र इलेक्ट्रोनिक्स सञ्चालक नजिकिन थाल्छन् । युवतीको उमेर २८ वर्षको थियो भने इलेक्ट्रोनिक्स सञ्चालक करिब ५० वर्षका थिए । इलेक्ट्रोनिक्स सञ्चालकको श्रीमती र बालबालिका पनि थिए भने ती युवतीको पनि विवाह भइसकेको थियो । यद्यपि उनीहरू ‘प्रेम’मा पर्न थालिसकेका थिए ।

दुबै जना ‘प्रेम’मा परेपछि उनीहरू चिया तथा खाजा खान र कहिलेकाहीँ बिरयानी खान रेस्टुरेन्टहरूमा जान थाल्छन् । प्रेममा परेपछि करिब दुई साता अघि यी पुरुष र महिला सँगै बस्ने भन्दै सिनामंगलको एक होटेलमा पुग्छन् । तर त्यहा पुगेको केहि समयमै उनीहरु फकिन्छन् । विशेष काम परेकाले तत्कालै जानु पर्ने भन्दै युवती निस्किन्छन् । र, पुरुष पनि हिड्छन् । 

यसरी होटलसम्म पुगेर फर्किएको केही समयमै युवतीले आफ्नो असली रुप देखाउन थाल्छिन् । अर्थात आफूलाई १० लाख रुपैयाँ नदिए बलात्कारको केसमा मुद्दा हालि दिने भन्दै  बार्गेनिङ सुरु गर्छिन् । आफूले मुद्दा हालेर १५ वर्ष जेलमा पठाइदिने र आफूले पनि अदालतमार्फत १० लाख क्षतिपूर्ति पाउने भन्दै धम्की दिन थाल्छिन् । होटलसम्म गएको प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै तर्साउन थाल्छिन् । 

युवतीको धम्कीपछि झस्किएका पुरुषले बल्ल बुझ्छन् की उनले होटलसम्म पुर्याएको शारीरिक सम्पर्कका लागि नभइ बार्गेनिङ गर्ने प्रयोजनमा प्रमाण जुटाउन मात्रै थियो । युवतीले बारम्बार धम्की दिन थालेपछि अतालिएका पुरुषले अस्मितको फोन रेकर्ड गर्न सुरु गर्छन् । सोही फोन रेकर्डलाई प्रमाणको रुपमा बोकेर उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्छन् र प्रहरीलाई घटनाको बेलिबिस्तार लगाउँछन् । 

प्रहरीले घटनाका विषयमा जानकारी पाएपछि युवतीले ती पुरुषलाई हनिट्रापमा फसाएको अड्कल लगाइ हाल्यो । र, जाहेरी अनुसार अस्मितालाई पक्राउ गर्न सक्रिय भयो । त्यसपछि प्रहरीले सुझाए अनुसार नै पुरुषले अस्मितालाई चेक दिन बोलाए । दुई जनाबीच कुलेश्वरको बर्गर हाउसमा भेट हुन्छ । र, त्यहिबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माघ २२ गते अपराह्न साढे चार बजे पक्राउ गर्छ । 

अस्मितालाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएर सोधपुछ गर्दा उनले आफूले बार्गेनिङ गरेको र यसमा आफू मात्रै सामेल रहेको प्रारम्भिक बयान दिएकी छिन् । अस्मिताले आफूले डेढ वर्ष पहिले विवाह गरेको र आफ्ना श्रीमान् हाल अस्ट्रेलियामा रहेको समेत खुलासा गरेकी छिन् । 

प्रहरीको सोधपुछमा अस्मिताले आफ्नो श्रीमान अस्ट्रेलियामा रहेको र आफू पनि त्यतै जान पैसा जुटाउन उक्त काम गरेको स्वीकार गरिन् । अस्मिताले बयान दिने क्रममा ती पुरुषसँग चिनजान भएपछि खाजा खान जाने गरेको र होटलसम्म पुगेको तर, शारिरीक सम्बन्ध नभएको बताएकी छिन् । हनी ट्रयापिङको कसुरमा पक्राउ परेकी अस्मितालाई आपराधिक लाभको कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइएको छ । 

सुन्दर युवती देखेर तिनको मोह जालमा सर्लक्कै पर्नेहरु यसैगरी फस्न सक्छन् । किनकी पछिल्ला  दिनहरुमा अस्मिता जस्ता युवतीहरु हनिट्रापमा फसाएर असुली धन्दा चलाउ सक्रिय भएका छन् । जो सुरुमा पुरुषहरुलाई आफ्नो जालमा फसाउँछन् र त्यसपछि एटम बम भन्दा खतरनाक वम बनेर निस्किन्छन् । 

पछिल्लो ६ महिनामा मात्रै आधा दर्जनभन्दा धेरै यस्ता घटनाको उजुरी प्रहरी समक्ष परेको छ । २ महिना अघि मात्रै फार्मेसी सञ्चालकलाई हनीट्र्यापमा पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । चिनजान समेत नभएकी युवतीसँग सम्बन्ध गाँस्न लालायित हुने पुरुषको चाहना र त्यही चाहना बुझेर डेट गरी ‘बलात्कार मुद्दा हालिदिन्छु’ भन्दै धम्क्याएर रकम असुली गर्ने घटना बर्सेनि बढ्दै गएको छ ।

प्रतिक्रिया

ट्रेन्डिंग

1

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

2

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

3

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

4

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

5

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

6

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

7

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

8

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

9

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

10

श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल

थप समाचार

Post Image

गुण्डा नाइके सिध्याउन प्रहरीले निकाल्यो लिस्ट, हतकडीले नसुध्रिए गोली ठोक्ने !

Post Image

अत्यासलाग्दो अनुचित लेनदेन, उजुरीमात्रै २० हजारभन्दा धेरै

Post Image

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण: अन्य नेपाली विद्यार्थीलाई पनि कलेजले निकाल्यो

Post Image

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो नेपाल

Post Image

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक, एकै महिनामा दुर्घटनामा परेर १९९ जनाको मृत्यु

Post Image

सर्वोच्चले झिकायो गिरीबन्धुको मिसिल, ओलीलाई भन्यो-अवहेलनामा कारबाही किन नगर्ने ?

Post Image

तुवाँलोले भरियो काठमाडौं, सतर्क रहन अपिल

Post Image

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

Post Image

पत्रकारको प्रश्नबाट सूर्य थापा आजित, भन्छन्- मलाई हनुमान, प्रधानमन्त्रीलाई हिटलर भन्ने ?

Post Image

ओलीको उद्घोष- अबको १७ महिना तोप हाने पनि सरकार ढल्दैन

Post Image

उपेन्द्रको बार्गेनिङले रोकियो अध्यादेश, गृहमन्त्री र मुख्यमन्त्री मागेपछि झस्किए ओली देउवा

Post Image

१ लाख १० हजार बचत भएका रविले कहाँबाट ल्याए २ करोड ७९ लाख धरौटी ?

Post Image

५४ लाख धरौटीमा चितवनबाट पनि छुटे रवि, के छ आदेशमा ?

Post Image

अडानीलाई विमानस्थल सुम्पिन कानुन नै परिवर्तन, ओली-देउवा-प्रचण्डबीच एकवर्ष अघि नै सहमती

Post Image

ओलीको धोखापछि रविको शरणमा वामदेव, रास्वपा प्रवेश गर्न उचाले खुट्टा, के भन्छ रास्वपा ?

Post Image

त्रासमा प्रचण्ड : जर्नादनविरुद्ध उत्रिन जारी गरे उर्दी, पूर्व उपराष्ट्रपतिलाई पनि गराए सक्रिय