०५ फागुन २०८१
काठमाडौं- सर्लक्क परेको ज्यान, चिटिक्क परेको मुहार । सुहाँउदो गोरी, अनुहारमा टिक्क कोठी । झट्ट हेर्दा यी युवती जति सुन्दर छिन् यीनको धन्दा उति नै खतरनाक छ ।
यीनले आफ्नो यहि रुप जालमा युवादेखि अर्धवैशसम्मलाई फसाएर लाखौ लाखको बार्गेनिङ गर्ने गरेको खुलेको छ । आफूले भनेको रकम नदिए बलात्कारको आरोपमा मुद्दा ठोकिदिने धम्की दिदै पैसा असुल्ने गरेको पाइएको छ ।
चितवनको रत्ननगर ८ घर भएकी २८ वर्षीय अस्मिता आचार्य काठमाडौंको कुलेश्वरमा बस्थिन् । जसले कुलेश्वरमै रहेको इलेक्ट्रोनिक्स पसलका एक सञ्चालकलाई आफ्नो रुप जालमा फसाएर १० लाखको बार्गेनिङ गरेको पाइएको छ ।
कुरा झन्डै तीन महिना अघिको हो । अस्मिता बिग्रेको राइसकुकर लिएर मर्मत गर्न भन्दै यी इलेक्ट्रोनिक्स पसलेकोमा पुग्छन् । मर्मत भएपछि बोलाउने भन्दै सञ्चालकले अस्मिताको सम्पर्क नम्बर लिन्छन् भने आफ्नो भिजिटिङ कार्ड पनि दिन्छन् । बिग्रेको राइसकुकर मर्मत भएपछि सञ्चालकले युवतीलाई सम्पर्क गरी राइसकुकर मर्मत भएकाले लिन आउन खबर गर्छन् । युवती मर्मत भएको राइसकुकर लिन पुग्छिन् र केही समय कुराकानी पनि गर्छिन् ।
यसपछि पनि युवती उक्त इलेक्ट्रोनिक्स पसलमा बारम्बार गइरहन्छिन् । बारम्बारको भेटघाटले युवती र इलेक्ट्रोनिक्स सञ्चालक नजिकिन थाल्छन् । युवतीको उमेर २८ वर्षको थियो भने इलेक्ट्रोनिक्स सञ्चालक करिब ५० वर्षका थिए । इलेक्ट्रोनिक्स सञ्चालकको श्रीमती र बालबालिका पनि थिए भने ती युवतीको पनि विवाह भइसकेको थियो । यद्यपि उनीहरू ‘प्रेम’मा पर्न थालिसकेका थिए ।
दुबै जना ‘प्रेम’मा परेपछि उनीहरू चिया तथा खाजा खान र कहिलेकाहीँ बिरयानी खान रेस्टुरेन्टहरूमा जान थाल्छन् । प्रेममा परेपछि करिब दुई साता अघि यी पुरुष र महिला सँगै बस्ने भन्दै सिनामंगलको एक होटेलमा पुग्छन् । तर त्यहा पुगेको केहि समयमै उनीहरु फकिन्छन् । विशेष काम परेकाले तत्कालै जानु पर्ने भन्दै युवती निस्किन्छन् । र, पुरुष पनि हिड्छन् ।
यसरी होटलसम्म पुगेर फर्किएको केही समयमै युवतीले आफ्नो असली रुप देखाउन थाल्छिन् । अर्थात आफूलाई १० लाख रुपैयाँ नदिए बलात्कारको केसमा मुद्दा हालि दिने भन्दै बार्गेनिङ सुरु गर्छिन् । आफूले मुद्दा हालेर १५ वर्ष जेलमा पठाइदिने र आफूले पनि अदालतमार्फत १० लाख क्षतिपूर्ति पाउने भन्दै धम्की दिन थाल्छिन् । होटलसम्म गएको प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै तर्साउन थाल्छिन् ।
युवतीको धम्कीपछि झस्किएका पुरुषले बल्ल बुझ्छन् की उनले होटलसम्म पुर्याएको शारीरिक सम्पर्कका लागि नभइ बार्गेनिङ गर्ने प्रयोजनमा प्रमाण जुटाउन मात्रै थियो । युवतीले बारम्बार धम्की दिन थालेपछि अतालिएका पुरुषले अस्मितको फोन रेकर्ड गर्न सुरु गर्छन् । सोही फोन रेकर्डलाई प्रमाणको रुपमा बोकेर उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्छन् र प्रहरीलाई घटनाको बेलिबिस्तार लगाउँछन् ।
प्रहरीले घटनाका विषयमा जानकारी पाएपछि युवतीले ती पुरुषलाई हनिट्रापमा फसाएको अड्कल लगाइ हाल्यो । र, जाहेरी अनुसार अस्मितालाई पक्राउ गर्न सक्रिय भयो । त्यसपछि प्रहरीले सुझाए अनुसार नै पुरुषले अस्मितालाई चेक दिन बोलाए । दुई जनाबीच कुलेश्वरको बर्गर हाउसमा भेट हुन्छ । र, त्यहिबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माघ २२ गते अपराह्न साढे चार बजे पक्राउ गर्छ ।
अस्मितालाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएर सोधपुछ गर्दा उनले आफूले बार्गेनिङ गरेको र यसमा आफू मात्रै सामेल रहेको प्रारम्भिक बयान दिएकी छिन् । अस्मिताले आफूले डेढ वर्ष पहिले विवाह गरेको र आफ्ना श्रीमान् हाल अस्ट्रेलियामा रहेको समेत खुलासा गरेकी छिन् ।
प्रहरीको सोधपुछमा अस्मिताले आफ्नो श्रीमान अस्ट्रेलियामा रहेको र आफू पनि त्यतै जान पैसा जुटाउन उक्त काम गरेको स्वीकार गरिन् । अस्मिताले बयान दिने क्रममा ती पुरुषसँग चिनजान भएपछि खाजा खान जाने गरेको र होटलसम्म पुगेको तर, शारिरीक सम्बन्ध नभएको बताएकी छिन् । हनी ट्रयापिङको कसुरमा पक्राउ परेकी अस्मितालाई आपराधिक लाभको कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइएको छ ।
सुन्दर युवती देखेर तिनको मोह जालमा सर्लक्कै पर्नेहरु यसैगरी फस्न सक्छन् । किनकी पछिल्ला दिनहरुमा अस्मिता जस्ता युवतीहरु हनिट्रापमा फसाएर असुली धन्दा चलाउ सक्रिय भएका छन् । जो सुरुमा पुरुषहरुलाई आफ्नो जालमा फसाउँछन् र त्यसपछि एटम बम भन्दा खतरनाक वम बनेर निस्किन्छन् ।
पछिल्लो ६ महिनामा मात्रै आधा दर्जनभन्दा धेरै यस्ता घटनाको उजुरी प्रहरी समक्ष परेको छ । २ महिना अघि मात्रै फार्मेसी सञ्चालकलाई हनीट्र्यापमा पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । चिनजान समेत नभएकी युवतीसँग सम्बन्ध गाँस्न लालायित हुने पुरुषको चाहना र त्यही चाहना बुझेर डेट गरी ‘बलात्कार मुद्दा हालिदिन्छु’ भन्दै धम्क्याएर रकम असुली गर्ने घटना बर्सेनि बढ्दै गएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया