१६ पुस २०८२
काठमाडौं - फागुन २१ को निर्वाचन आउन अब झन्डै २ महिना मात्रै बाँकी रहदा नेकपा एमालेमा पहिरो जान सुरु गरेको छ । मेयर हुँदै सांसद नै बनेका ब्यक्तिले समेत एमाले छाड्न थालेका छन् । विघटित प्रतिनिधि सभाका सदस्य वासुदेव घिमिरेले एमाले परित्यागको घोषणा गरेका छन्। उनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।
२०७४ मा एमालेबाट रुपन्देहीको तिलोतमा नगरपालिकाको मेयरमा निर्वाचित भएका उनी २०७९ मा रूपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधि भसा सदस्यमा विजयी भएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रिय पात्र भएर काम गरेका उनले एमाले नेतृत्व अर्थात अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी छाडेका छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गरेका हुन्।
एमाले छाडेका उनी रास्वपा प्रवेश गर्ने तयारीमा छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको, प्रस्तावमा सकारात्मक रहे पनि निर्णय हुन बाँकी रहेको बताएका छन् । रास्वपा स्रोतका अनुसार उनी रूपन्देही–२ बाट चुनाव लड्ने गरी छलफलमै छन् । रूपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल चुनाव लड्दै आएका छन् ।
घिमिरे यस पटक काठमाडौंमा भएको नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार थिए। तर रूपन्देहीकै भूगोलका उपाध्यक्ष विष्णु पौडेलले उनलाई टिकट दिन सकेनन् । एमाले केन्द्रीय सदस्यमा रोकिएपछि उनी असन्तुष्ट थिए उनले उपाध्यक्ष पौडेललाई भेटेर आफ्नो असन्तुष्टि पोखेका थिए ।
तर उपाध्यक्ष पौडेलले उनीसँग माफी मागे। पौडेलले माफी माग्दै अब फागुन २१ को चुनावमा टिकट दिलाइदिने भन्दै घिमिरेलाई फकाउने प्रयास गरे। तर घिमिरेले अब एमाले र विष्णु पौडेलले आफूलाई टिकट दिनुनपर्ने बताउँदै उनी हिँडेका थिए। अब उनै घिमिरे रास्वपा प्रवेश गरेर विष्णु पौडेललाई नै हराउने खेलमा सक्रिय भएका छन् । उनले अब आफू रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनाव लड्ने अनौपचारिक घोषण समेत गरेका छन् । उनलाई रास्वपाले पनि पौडेलविरूद्ध खडा गर्न नै पार्टीमा तान्न लागेको बताएका छन् ।
घिमिरे तिलोत्तमा नगरपालिकाका मेयर हुँदा नगर सफा, स्वच्छ र हेर्न लायक बनाएका थिए । उनी कोरियामा रोजगारी गरेर आएपछि राजनीतिमा लागेका हन् । काठमाडौं महानगपालिकाका मेयर बालेन शाहले समेत उको कामको प्रशंसा र तारिफ गरेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया