१८ कात्तिक २०८३
काठमाडौं - विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् ।
बिचौलिया इनम सापकोटासँग जोडिएका आएका अडियो र उनीसँग सम्बन्धित रहेर उठेका प्रश्नहरूउपर छानबिन हुनुपर्ने भन्दै विपक्षी दलहरूले समितिको बैठक बोलाउन माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पत्र नै लेखेर समितिको बैठक बोलाउन माग गरेका छन् । अन्य विपक्षी दलहरूले अनौपचारिक रूपमा बैठक बोलाउन माग गरेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले लेखेको पत्रमा पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर र चिन्ताजनक घटनाहरू सार्वजनिक भएको उल्लेख छ ।
राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा गम्भीर छलफल र आवश्यक छानबिनका लागि तत्काल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरिएको छ ।
साथै, संसदीय समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल पनि समितिको बैठक राख्न माग गर्दै पत्र पठाएका छन् ।
‘देशमा दिनप्रतिदिन राज्य एवं सरकारी निकायसँग जोडिएका अस्वभाविक घटनाहरू भइरहेका छन् । यसबारेमा के भएको हो र किन गैर कानुनी रूपमा सरकारका निकायहरू चलिरहेका छन् रु प्रहरी कस्टडीमा भएका इनम सापकोटाको भनिएको अडियो कसरी लिक भयो रु,’ पत्रमा लेखिएको छ, ‘यसैसँग जोडिएर प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनको फेसवुक स्टाटसहरूका आधार के हुन् रु पत्रकार गिरफ्तार हुने र छोडिने तर सरकार आफूलाई थाह नभएको भन्ने लगायतका गम्भीर सवालहरूमा गृहमन्त्री र आईजीपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु र सरकारलाई जवाफदेही बनाउनु राज्य व्यवस्था तथा सुशासन समितिको कर्तव्यरजिम्मेवारी रहेकोले अविलम्व समितिको बैठक बोलाउन हार्दिक अनुरोध सहित माग गर्दछु ।’
प्रमुख सचेतक दुलालले समिति सभापतिसँग कुरा भएको र बैठक बोलाउने मागलाई सकारात्मक रूपमा लिएको जानकारी दिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया