२३ मंसिर २०८२
काठमाडौँ - नेपाली कांग्रेसको मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा सर्वसम्मत पारित गरेको कार्यतालिका मिचिएको छ ।
बैठकले पुस २६ देखि १८ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका पारित गरेको थियो । त्यो तालिकामा पार्टीको केन्द्रबाट मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने उल्लेख छ । तर मंगलबार मंसिर २३ गतेसम्म १९ प्रतिनिधि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पुर्याउन नसकिएको महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
‘अझै १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन बाँकी छ । पठाउने प्रयासमा हामी छौँ,’ पार्टी केन्द्रीय सदस्य समेत रहेका चौधरीले रातोपाटीसँग भने । समितिले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांक अनुसार १४ जिल्लाका १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फारम पुगेको छैन ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, झापाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५, मोरङको क्षेत्र नम्बर ३, खोटाङमा क्रियाशील सदस्यताको फाराम नपुगेको समितिले जनाएको छ ।
त्यस्तै सप्तरीको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४, रौतहटको क्षेत्र नम्बर ३, बाराको क्षेत्र नम्बर २ र ४, पर्साको क्षेत्र नम्बर १ मा फाराम पुगेको छैन । रामेछाप, मुस्ताङ, नवलपुरको क्षेत्र नम्बर १ र २, स्याङ्जा क्षेत्र नम्बर १ तथा डोल्पा र जुम्लामा क्रियाशील सदस्यताको फारम पुगेको छैन । पठाउन बाँकी रहेका निर्वाचन क्षेत्रमा पठाउने प्रयास भइरहेको चौधरीले जानकारी दिए ।
त्यस्तै केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा मंसिर २४ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि तोकेको थियो । त्यो काम पनि अहिलेसम्म पूरा हुन नसकेको चौधरीले बताए । त्यो कार्यलाई अन्तिम रूप दिन आफूहरू निरन्तर बैठकमा नै रहेको चौधरीको भनाइ छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया