२३ भदौ २०८२
काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युवाहरूले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् ।
काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् ।
शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न खोजेका उनीहरू पटक(पटक बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरे । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्ज गरेको छ ।
आक्रोशित युवाको एक समूह बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनको मूल गेटमा रहेको सुरक्षाकर्मी रहने सानो भवनको छतमा पुगेर प्रदर्शन गरेका छन् ।
उनीहरूले नेपालको झण्डा फहराउँदै युवालाई संसद् भवनभित्र पस्न आह्वान गरिरहेका छन् ।
प्रदर्शन गरिरहेका युवालाई प्रहरीले बल प्रयोग गरेर हटाउन खोजेपछि आक्रोशित युवा दुई नम्बर गेटमा पुगेका थिए । २ नम्बर गेट सांसदहरू प्रवेश गर्ने गेट हो । उनीहरू संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले त्यहाँ पनि पटक(पटक बल प्रयोग गर्नुका साथै हवाइफायर गरेर प्रदर्शनकारीलाई लखेट्न खोजेको थियो ।
आक्रोशित प्रदर्शनकारीहरू बानेश्वर चोकको नजिकै रहेको सुरक्षाकर्मीको पोष्टमा चढेर नेपालको झण्डा फहराएका थिए ।
अरू प्रदर्शनकारीहरू समेत त्यहाँ चढ्ने प्रयास गरेपछि संसद् भवनभित्रबाट प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको थियो । त्यसपछि केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ढुंगा र पानीको बोतल हानाहान भएको थियो ।
प्रदर्शनमा कलेज पढ्ने किशोरकिशोरीहरू कलेजको ड्रेस र झोला सहित प्रदर्शनमा सरिक देखिन्छन् । हातहातमा पानीको बोतल बोकेका उनीहरूमध्ये कतिपयले नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिरहेका छन् । कतिपयले किशोरहरूलाई काँधमा चढाएर राष्ट्रिय झण्डा सहित प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीमध्ये कोही संसद् भवनको पर्खाल वा सुरक्षाघेरा तोड्न खोजे वरपरका प्रदर्शनकारीहरूले हो(हल्ला गरेर उनीहरूलाई हौस्याएको देखिन्थ्यो । दिउँसो साढे १२ बजे सुरक्षापोष्टमा पुगेका प्रदर्शनकारीलाई लाठीचार्ज गर्न प्रहरीको सानो टोली त्यसतर्फ अघि बढेपछि अरू प्रदर्शनकारीको टोलीले सुरक्षाकर्मीहरूलाई नै घेरेको थियो, संयमित समूहले उनीहरूलाई छेकेपछि सुरक्षाकर्मीहरू त्यहाँबाट हिँडेका थिए ।
बानेश्वर चोक र त्यसको चारैतिरको सडकमा प्रदर्शनकारीहरुको भीड छ । संसद् भवनको मूल गेट अगाडी रहेका सुरक्षाकर्मीहरुले बारम्बार अश्रुग्यास प्रहार गरिरहेका थिए ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरुको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया