२० पुस २०८२
काठमाडौं - फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा( एसइई)पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष ९२०८२०को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुर्याउने देखिएको हो।
‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको थियो।
तदनुसार फागुन २१ गते निर्वाचन तोकिएको छ। यही निर्वाचनका लागि सरकार यतिखेर लागिरहेको छ। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी भइरहेको बताउँदै आएकी छिन्। त्यसो त उक्त निर्वाचनले परीक्षामा असर पुग्ने देखियो।
मुख्य त मतपत्र र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने एउटै ठाउँ९सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड० हुँदा प्रभाव पर्ने परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
उनले थाहाखबरसँग भने, ‘अब प्रतिनिधिसभा निर्वाचन हुने नै देखिएको छ। यसले परीक्षामा प्रभाव पार्ने देखियो। मतपत्र र प्रश्नपत्र छाप्ने एकै ठाउँ भएकाले केही सुरक्षा हिसाबले पनि समस्या हुने भयो।’
परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का उपनियन्त्रक तारानाथ निरौलाले पनि तोकिएको समयमा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने जानकारी दिए।
‘तोकिएकै समयमा प्रतिनिधिसभा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने देखिएको छ’‚ उनले भने,‘किनभने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नै मतपत्र र एसइई प्रश्नपत्र छाप्ने हो, यो छपाइमा सुरक्षा हिसाबले पनि समस्या हुने आशंका छ। यदि जनक शिक्षाले प्रश्नपत्र र मतपत्र छाप्नसक्छौँ भनेर प्रश्नपत्र अगाडि छापे पनि सुरक्षित ढंगले राख्ने स्टोर परीक्षा बोर्डसँग छैन।’
त्यसैगरी निर्वाचन भएमा समयमा एसइई प्रश्नपत्र जिल्ला जिल्लामा पुर्याएर सुरक्षित राख्न पनि समस्या देखिने उनले बताए।
उनले भने, ‘अब प्रश्नपत्र छापेर जिल्लामा पठाउनुपर्छ, जिल्लालाई पनि प्रश्नपत्रसँगै मतपत्र पनि सुरक्षित राख्ने जिम्मेवारी हुन्छ, कसरी सुरक्षित राख्ने भन्ने चुनौती छ,अब जनशक्तिको हिसाबले पनि मिलाउन समस्या देखिन्छ, स्कुल नै परीक्षाकेन्द्र तोकिएको हुन्छ, शिक्षकहरू चुनावमा खटिन्छन्, कुनै ठाउँमा फेरि मत गणना दोहोर्याउनुपर्ने इत्यादि समस्या आउला, यी सबै दृष्टिकोणले हेर्दा समस्या देखिन्छ।’
निर्धारित समयभन्दा एक वा दुई हप्ता पछि सारिने
परीक्षा नियन्त्रक अधिकारीले निर्वाचन भएमा परीक्षा सार्ने जानकारी दिए। ‘माघ पहिलो साता परीक्षा तालिका सार्वजनिक गर्ने कार्यायोजना थियो तर निर्वाचनले गर्दा अब हामी बोर्डमा छलफल गर्छौ,त्यसपछि निर्णय गरेर कार्यायोजना बनाउँछौँ।’
उनले निर्वाचन भएमा एसइई निर्धारित समयभन्दा एक वा दुई हप्ता पछि सारिने जानकारी दिए। यद्यपि हाल बोर्ड भने आन्तरिक रूपमा एसइई परीक्षाको तयारी गर्दै आएको जानकारी दिए।
परीक्षा केन्द्र निर्धारण गर्न निर्देशन
परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० ले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका ९संशोधनसहित० २०६८ अनुसार परीक्षा केन्द्र निर्धारण गरि पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
यी एकाइहरूले पौष मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गरी आगामी माघ पहिलो हप्ताभित्र बोर्डको कार्यालयमा पठाउनुपर्ने छ।
परीक्षा केन्द्र निर्धारणसम्बन्धी पत्रमा भनिएको छ, ‘एसइइ २०८२ को परीक्षा केन्द्र निर्धारणका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट सोधनी भएको सन्दर्भमा पत्र लेख्ने काम भएको छ, विगत वर्षहरूमा समेत परीक्षा केन्द्र निर्धारण तथा परीक्षा केन्द्रमा हाजिरी, उत्तरपुस्तिका व्यवस्थापनलगायतका विषयमा त्रुटि हुँदा नतिजा प्रकाशनमा समस्या भएको तथा केही परीक्षार्थीको नतिजा स्थगित रहन गएको हुँदा परीक्षा केन्द्र निर्धारण गर्दा निर्देशिकामा भएका व्यवस्थाहरू कडाइका साथ लागु गर्नरगराउन अनुरोध छ।’
न्यूनतम परीक्षार्थी सङ्ख्या दुर्गम हिमाली क्षेत्रमा कम्तीमा १५० जना, पहाडी क्षेत्रमा कम्तीमा २५० जना र तराईरभित्री मधेशरउपत्यकामा कम्तीमा ३०० जनाभन्दा कम र ४०० भन्दा बढी नहुने गरी केन्द्र कायम गर्ने व्यवस्था कडाका साथ कार्यान्वयन गर्ने तर जतिसुकै परीक्षार्थी सङ्ख्या भए पनि एक जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र कायम गर्नुपर्ने छ।
उल्लिखित विद्यार्थी सङ्ख्याका आधारमा मात्र परीक्षा केन्द्रका लागि रकम उपलब्ध हुने हुँदा सोभन्दा कम विद्यार्थी सङ्ख्या रहने गरी केन्द्र कायम भएमा त्यसको सम्पूर्ण व्यवस्थापनमा एकाइ जिम्मेवार हुनुपर्ने उल्लेख छ।
यस्तै एउटा विद्यालयका विद्यार्थी मात्र रहने गरी केन्द्र कायम नगरी कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने गरी केन्द्र कायम गर्नुपर्ने लगायत मापदण्ड तोकिएका छन्।
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे, कुन वर्ष कति ?
काठमाडौं महानगरको सौन्दर्य, सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
गरिबको रोजीरोटी भिरबाट खसाल्ने वन कर्मचारीको निर्लज्ज बचाउ
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
प्रतिक्रिया