२० कात्तिक २०८३
काठमाडौं- अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टले यस्तो बयान दिएका छन् जसले सिङ्गो नेपाली समाज र विश्व समुदायलाई नै स्तब्ध र आक्रोशित बनाएको छ। जसलाई ममताले आफ्नो सिन्दूर ठानेकी थिइन्, जसको हातमा उनले आफ्नो जीवन सुम्पेकी थिइन्, त्यही मान्छेले अदालतको कठघरामा उभिएर मुस्कुराउँदै भनेको छ– मैले ममताको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए।
सन् २०२४ जुलाई ३० को बिहान— जुन दिन नेपाली चेली ममता काफ्लेको जीवन सदाका लागि अन्त्य भयो। अदालतमा न्यायाधीशसामु बयान दिँदै अभियुक्त नरेश भट्टले घटनाको जुन विवरण दिएका छन्, त्यो सुन्ने जोकोहीको रगत उम्लिन्छ ।
नरेशका अनुसार, त्यो दिन बिहान उनले ममतालाई बेडरुमको भुइँमा अचेत अवस्थामा फेला पारेका थिए। ममताको मुख र भुइँमा बान्ता थियो, जसमा रगत, खानाका कण र कीटनाशक विषादीका अवशेषहरू थिए। सीपीआर दिएर बचाउने नाटक गरेका नरेशले त्यसपछि जुन कदम उठाए, त्यो मानवताको हद पार गर्ने खालको थियो। उनले ममताको शवलाई टुक्राटुक्रा पार्ने निर्णय गरे र सुरुमा शरीरको तल्लो भाग खुट्टा अलग्याउने प्रयास गरेका थिए।
अदालतमा बयान दिँदै नरेशले भनेका छन् कि उनले शवलाई बाथरुममा समेत सारेका थिए। तर पहिलो दिन शारीरिक शक्ति नपुगेपछि उनले त्यो काम बीचमै रोकेका थिए । त्यसपछि उनले बच्चाको कपडा फेर्ने स्टेसनले बेडरुमको ढोका थुने र आफ्नै नाबालक छोरीलाई दूध खुवाउन र सुताउन गए। जसले भर्खरै आफ्नी पत्नीको शव टुक्राउने क्रूर प्रयास गरेको थियो, त्यही मान्छेले रातभर डरका कारण पूजा कोठामा समेत जान नसिकएको बयान दिएको छ। तर, क्रूरताको यो पराकाष्ठाले उनलाई कानुनी फन्दाबाट उम्काउन सकेन।
घटनापछि नरेशले सुरुमा प्रहरीलाई सरसरती छलेका थिए। उनले ममताले आफूलाई छाडेर गएको र सम्बन्धविच्छेदको कुरा गरेको भन्दै अगस्ट ५ मा मात्रै प्रहरीमा निवेदन दिएका थिए। ममताका साथीहरू र परिवारले “उनले आफ्नी सानी छोरीलाई छाडेर कहिल्यै कतै जाँदैनन्“ भन्दै बारम्बार दाबी गरेपछि प्रहरीले अनुसन्धान कडा बनायो।
अगस्ट २२ मा जब प्रहरीले उनीहरूको घरको बेडरुम र बाथरुममा रगतका टाटा फेला पा¥यो र घरबाट कपाल अड्किएको विद्युतीय आरा बरामद ग¥यो, तब नरेशका सबै झूटहरू तासको घरझैँ ढले। त्यसयता निरन्तर हिरासतमा रहेका नरेशले अन्ततः अदालतमा मुख खोल्न बाध्य हुनुपरेको छ। श्रीमतीको ज्यान लिएर शव लुकाउन विद्युतीय आराले काट्नेसम्मको बयान दिने नरेश भट्टको यो क्रूरताले प्रवासमा रहेका नेपाली समुदायलाई मात्र होइन, सिङ्गो देशलाई नै झस्काएको छ। ममताको शव अहिलेसम्म फेला नपरे पनि, अभियुक्तको यो बयान र प्रमाणहरूले हत्याको सम्पूर्ण रहस्य छताछुल्ल पारिदिएको छ। कानुनको कठघरामा उभिएर गरिएको बयानले ममताका आफन्तलाई न्याय दिलाउने बाटो खुलाएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया