०६ जेठ २०८३
काठमाडौं - फिफा विश्वकप अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ । अहिलेसम्म भएका सबै २२ वटै संस्करण खेल्ने पनि एक मात्र टिम ब्राजिल नै हो भने विश्वकपमा धेरै खेल खेल्ने टिम पनि ब्राजिल नै हो ।
त्यसो भए विश्वकप फुटबलमा धेरे खेल जित्ने टिम कुन होला रु कुन टिमले अहिलेसम्म कति खेल जिते होला रु यो कौतुहलताको विषय हुन सक्छ ।
फिफा विश्वकपको २२औं संस्करण सुरु हुन अब केही साता मात्र बाँकी रहँदा अहिले विश्वकप फुटबलको माहोल विश्वभर बढ्दैछ । फिफा विश्वकप २०२६ जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदैछ ।
त्यसअघि हामी फुटबलको विगतको इतिहास देखि रोचक प्रसंङ्गहरु लगायत विभिन्न विषयमा जानकारी दिँदै जानेछौं । यस लेखमा भने हामी विश्वकपमा धेर खेल जित्ने टिमहरुको बारेमा चर्चा गर्नेछौं ।
यी हुन् विश्वकपमा सर्वाधिक खेल जित्ने १० राष्ट्र
ब्राजिल ९७६० स् ब्राजिल नै विश्वकपमा सबैभन्दा धेरै खेल जित्नेमा अघि छ । ब्राजिलले सर्वाधिक ७६ खेल जितेको छ । विश्वकपमा ११४ खेल खेलेको ब्राजिल १९ खेलमा पराजित भएको छ भने उति नै खेल बराबरी खेलेको छ । ब्राजिलको जित प्रतिशत ६७ छ ।
जर्मनी ९६८० स् ब्राजिलपछि धेरै खेल जित्नेमा युरोपियन राष्ट्र जर्मनी छ । २० वटा विश्वकप खेलेको जर्मनीले ११२ खेल खेल्दा ६८ खेल जितेको छ भने २३ मा पराजित हुँदा २१ खेल बराबरी गरेको छ । जर्मनीले विश्वकपमा ६१ प्रतिशत खेल जितेको छ ।
अर्जेन्टिना ९४७० स् विश्वकपमा सर्वाधिक खेल जित्नेमा तेस्रो स्थानमा अर्जेन्टिना छ । अर्जेन्टिनाले १८ विश्वकप खेल्दा कूल ८८ खेल खेलेको थियो । जसमा ४७ खेल जित्दा २४ खेलमा पराजित भएको थियो भने १७ खेल बराबरी गरेको थियो । अर्जेन्टिनाको जित प्रतिशत ५३ छ ।
इटली ९४५० स् विश्वकपमा सर्वाधिक खेल जित्नेमा चौथोमा इटली छ । १८ पटक विश्वकप खेलिसकेको इटलीले ४ पटक विश्वकप जित्दा ४५ खेल जितेको छ । यस्तै १७ खेलमा पराजित हुँदा २१ खेल बराबरी खेलेको थियो । इटलीको जित प्रतिशत ५४ छ ।
फ्रान्स ९३९० स् विश्वकपमा सर्वाधिक खेल जित्ने सुचीमा फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्सले विश्वकपमा ७३ खेल जित्दा ३९ खेल जितेको छ । यस्तै २० खेल हार्दा १४ खेलमा बराबरी गरेको छ । फ्रान्सको जित प्रतिशत ५३ छ । फ्रान्सले १६ पटक विश्वकप खेल्दा २ पटक उपाधि जितेको छ ।
इंग्ल्यान्ड ९३२० स् विश्वकपमा सर्वाधिक खेल जित्नेमा इंग्लयान्ड छेटौं स्थानमा छ । इंऊल्यान्डले विश्वकपमा ७५ खेल खेल्दा ३२ खेल जितेको छ भने २० खेलमा पराजित भएको छ । २२ खेल बराबरी खेलेको छ । इंग्लयान्डको जित प्रतिहत ४३ छ ।
स्पेन ९३१० स् विश्वकपमा सर्वाधिक खेल जित्ने सूचीमा स्पेन सातौ स्थानमा छ । स्पेनले विश्वकपमा ६७ खेल खेल्दा ३१ खेल जितेको छ । यस्तै १९ खेलमा पराजित हादा १७ खेल बराबरी गरेको छ । स्पेनजको जित प्रतिशत ४६ छ । स्पेनले १६ पटक विश्वकप खेल्दा १ उपाधि जितेको छ ।
नेदरल्यान्ड्स ९३०० स् नेदरल्यान्ड्स विश्वकपमा सर्वाधिक खेल जित्नेमा आठौं स्थानमा छ । नेदरल्यान्ड्सले विश्वकपमा ५५ खेल खेल्दा ३० खेल जितेको छ भने ११ खेलमा पराजित हुँदा १४ खेल बरारबरी खेलेको छ । नेदरल्यान्ड्सको जित प्रतिशत ५५ छ । ११ पटक विश्वकप खेल्दा ३ पटक फाइनल पुगेपनि नेदरल्यान्ड्सले उपाधि जित्न सकेको छैन ।
उरुग्वे ९२५० स् उरुग्वे विश्वकपमा सर्वाधिक खेल जित्नेमा नवौँ स्थानमा छ । विश्वकपमा ५९ खेल खेलेको उरुग्वेले २५ खेल जितेको छ । यस्ते २१ खेलमा पराजित हुँदा १३ खेल बराबरी खेलेको छ ।
उरुग्वेको जित प्रतिशत ४२ छ ।
बेल्जियम ९२१० स् विश्वकपमा सर्वाधिक खेल जित्नेमा बेल्जियम दशौँ स्थानमा छ । बेल्जियमले ५१ खेल खेल्दा २१ खेल जितेको छ । यस्ते २० खेलमा पराजित हुँदा १० खेल बराबरी खेलेको छ । बेल्जियमको जित प्रतिशत ४१ छ । बेल्जियमले १४ पटक विश्वकप खेल्दा अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सन् २०१८ मा रुसमा भएको विश्वकपमा बेल्जियम तेस्रो भएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया