२२ वैशाख २०८३
काठमाडौं - जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाएको छ ।
मंगलबार ९वैशाख २२० देखि अर्को सूचना नहुन्जेलसम्मका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोटमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रविण कटुवालले जारी गरेको सूचनामा भनिएको छ, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनबमोजिम बीपी राजमार्गको सिन्धुली र काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा रोशी खोलामा बाढी आई बाटो अवरुद्ध हुने गरेको अवस्थालाई मध्यनजर गरी आज वैशाख २२ गते सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति सिन्धुलीको मिति २०८३र०१र२२ को बैठकबाट पूर्ण रूपमा रोक लगाउने निर्णय गरिएको छ ।”
िउक्त अवधिपश्चात् पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने पनि उल्लेख छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया