०३ मंसिर २०८२
काठमाडौं - अमेरिकी संसद्का दुवै सदनले यौनअपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने प्रस्ताव पारित गरेका छन् ।
तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्समा’ मा एपस्टिन फाइल सार्वजनिक पक्षमा ४ सय २७ र विपक्षमा केवल १ मत खसेको थियो । यस्तै माथिल्लो सदन सिनेटमा कुनै औपचारिक मतदानविना नै सर्वसम्मतिले ती फाइल सार्वजनिक गर्ने आदेश भएको बीबीसीले जनाएको छ । अब यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि ह्वाइट हाउसमा पठाइनेछ ।
यौन दुर्व्यवहारको अभियोगमा जेलमा रहेका एपस्टिनको सन् २०१९ मा मृत्यु भएको थियो । यसअघि अमेरिकी हाउस ओभरसाइट कमिटीले एपस्टिनसँग जोडिएको २० हजार पृष्ठका विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो जसमा केहीमा राष्ट्रपति ट्रम्पको नाम पनि समावेश छ ।
ट्रम्प र एपस्टिनबीच धेरै वर्षदेखि मैत्रीपूर्ण सम्बन्ध थियो तर ट्रम्पले सन् २००० को दशकको शुरूतिर सम्बन्ध तोडेको बताए । उनले एपस्टिनको यौन दुव्र्यवहार र बेचबिखनमा आफ्नो सम्बन्ध रहेको कुरालाई सधैँ अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पले यसअघि एपस्टिनसँग जोडिएका फाइल सार्वजनिक गर्ने पक्षमा मतदान गर्न रिपब्लिकन पार्टीका सांसद्हरूलाई आह्वान गरे ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया