०३ मंसिर २०८२
काठमाडौं - अमेरिकी संसद्का दुवै सदनले यौनअपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने प्रस्ताव पारित गरेका छन् ।
तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्समा’ मा एपस्टिन फाइल सार्वजनिक पक्षमा ४ सय २७ र विपक्षमा केवल १ मत खसेको थियो । यस्तै माथिल्लो सदन सिनेटमा कुनै औपचारिक मतदानविना नै सर्वसम्मतिले ती फाइल सार्वजनिक गर्ने आदेश भएको बीबीसीले जनाएको छ । अब यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि ह्वाइट हाउसमा पठाइनेछ ।
यौन दुर्व्यवहारको अभियोगमा जेलमा रहेका एपस्टिनको सन् २०१९ मा मृत्यु भएको थियो । यसअघि अमेरिकी हाउस ओभरसाइट कमिटीले एपस्टिनसँग जोडिएको २० हजार पृष्ठका विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो जसमा केहीमा राष्ट्रपति ट्रम्पको नाम पनि समावेश छ ।
ट्रम्प र एपस्टिनबीच धेरै वर्षदेखि मैत्रीपूर्ण सम्बन्ध थियो तर ट्रम्पले सन् २००० को दशकको शुरूतिर सम्बन्ध तोडेको बताए । उनले एपस्टिनको यौन दुव्र्यवहार र बेचबिखनमा आफ्नो सम्बन्ध रहेको कुरालाई सधैँ अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पले यसअघि एपस्टिनसँग जोडिएका फाइल सार्वजनिक गर्ने पक्षमा मतदान गर्न रिपब्लिकन पार्टीका सांसद्हरूलाई आह्वान गरे ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया