०५ भदौ २०८२
काठमाडौं– पहाडी जिल्लाहरूमा पनि डेङ्गीको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म जिल्लामा ७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ। प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार दशरथचन्द नगरपालिकामा ३, पुचौडी नगरपालिकामा २, मेलौली र पाटन नगरपालिकामा एकरएक जनामा सङ्क्रमण देखिएको छ।
रोगको रोकथाम र नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ। वर्षायाममा लामखुट्टेको सक्रियता बढ्ने भएकाले स्वास्थ्य कार्यालयले बैतडीको सदरमुकाम र पाटन बजार क्षेत्रमा अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।
तीन महिनासम्म सञ्चालन हुने यस अभियानमा सबै स्थानीय विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयहरूलाई सक्रिय सहभागी हुन आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले बताए।
यसैबीच, सङ्खुवासभामा पनि डेङ्गीविरुद्ध जनचेतना फैलाउन आजदेखि विशेष अभियान सुरु गरिएको छ। ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ भन्ने नारासहित सञ्चालित अभियान स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त पहलमा भइरहेको छ।
यस अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब र विभिन्न संघसंस्थाहरूले सहभागिता जनाएका छन्। उनीहरूले टोलटोलमा सरसफाइ, झाडी फाड्ने, पानी जम्ने भाँडाहरू हटाउने कार्यसँगै समुदायमा डेङ्गीका लक्षण र बच्ने उपायबारे जनचेतनामूलक पर्चा वितरण गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली भेगसम्म फैलिनु चिन्ताजनक भएको बताउनुभयो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौ महिनामा मात्र ७८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया