२४ पुस २०८२
काठमाडौं - पद नै धरापमा परेपछि राजीनामा दिनुअघि अमेरिका घुम्ने रहर गरेका जेनजी मन्त्री बब्बु गुप्ता नक्कली कार्यक्रम खडा अमेरिका टाप खस्न लागेको खुलेको छ ।
युवा तथा खेलकुदमन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएको पाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी माघ ३ गते आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ ।
नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको भन्दै विरोध सुरु भएको छ । नागरिक सरकारमा बसेका मन्त्रीको विदेश भ्रमण मोह विषयमा चौतर्फी आलोचना भइरहँदासमेत अस्तित्वमै नभएका आयोजक खडा गरेर उनी भ्रमणमा जान खोजेका छन् ।
मन्त्रिपरिषद्को पुस २१ मा बसेको बैठकको निर्णयको ८ नम्बरमा मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत’ भएको उल्लेख छ । ‘२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जीसम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुदमन्त्रीलाई स्वीकृति प्रदान गर्ने,’ निर्णयमा उल्लेख छ । गैरसरकारी वा सरोकारवाला नै नचिनिएको कार्यक्रममा भाग लिनका लागि खेलकुदमन्त्री अमेरिका जान लागेको सूचना पाएपछि मन्त्रिपरिषद्बाट स्वीकृत भएको गुप्ताको भ्रमण रद्द हुने सम्भावना बढेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘मन्त्रीज्यूले नै भनेपछि विस्तृत डकुमेन्ट क्याबिनेटमा माग्ने कुरा भएन, यदि त्यस्तो आयोजक नै अस्तित्वमा नभएको अवस्था हो भने उहाँको भ्रमण स्वीकृति रद्द हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
मन्त्री गुप्ताले आफूनिकट केही युवालाई ‘जेनजी मुभमेन्ट’को नाम राखेर कार्यक्रम आयोजना गर्न लगाएको उनकै सचिवालयका व्यक्तिले सार्वजनिक गरिदिएका छन् । ‘मन्त्रीज्यूका सहयोगी, स्वास्थ्यकर्मी तथा जेनजी मुभमेन्ट एक्सपर्ट गरी पाँच–सात जनालाई आफ्नै खर्चमा जाने गरी भ्रमण दलका सदस्य बनाएर भिसा प्रयोजनका लागि समन्वय गरिएको छ,’ गुप्ताको सचिवालयका एक युवाले जानकारी दिए ।
नेपालस्थित अमेरिकन दूतावासको कन्सुलर शाखामा यूएस युथ काउन्सिलको सदस्यको हैसियतमा सहज पहुँच भएका गुप्ताले मन्त्रीको भ्रमण दलका सदस्य भन्दै कति व्यक्तिलाई भिसा सहजीकरण गरेको भन्ने यकिन हुन सकेको छैन । गुप्ताले हन्ड्रेड ग्रुपको टिम म्यानेजमेन्टमा संलग्न केही युवालाई आफू मन्त्री भएलगत्तै युवा तथा खेलकुदसम्बन्धी कार्यक्रमको आयोजना गर्न र सहभागिताका लागि जाने तयारी गर्न निर्देशन दिएका छन् ।
रास्वपासँग काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको एकता घोषणा कार्यक्रममा उपस्थित भएर खुसी मनाउँदै कार्यक्रमस्थलबाटै आफ्ना विभिन्न जिल्लाका नेटवर्कलाई खुसी सेयर गरेका गुप्तालाई दलीय संलग्नताका नाममा समेत राजीनामाको दबाब छ । पद नै धरापमा परेपछि उनी राजीनामा दिनु अघि फर्जी कार्यक्रम देखाएर अमेरिका घुम्न जान लागेका हुन् ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया