२२ वैशाख २०८३
काठमाडौँ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।
कीर्तिपुरस्थित सुकुमबासी सेल्टर ९होल्डिङ सेन्टर० को स्थलगत निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरीकन बस्ती हटाइनु निकै दुःखद् भएको बताएका हुन् ।
निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमबासीहरूको अवस्था निकै कष्टकर र दयनीय रहेको उल्लेख गरे। हालसम्म उक्त सेल्टरमा ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिँदै उनले विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
बसोवासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको बताउँदै उनले हालै भएको आत्महत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गरे। यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सुझाव दिए।
आफ्नो स्थलगत अनुभव सुनाउँदै अध्यक्ष घिसिङले भने, ‘विस्थापितहरूलाई हाल राखिएको सरकारी जग्गा अर्थात् होल्डिङ सेन्टर आफैँमा डुबान क्षेत्र हो। एउटै टेन्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने बाध्यता छ, जुन स्वास्थ्य र सामाजिक दृष्टिकोणले उपयुक्त छैन। धेरै बालबालिका आजदेखि मात्र विद्यालय जान पाएका छन् भने कतिपयको परीक्षासमेत प्रभावित भएको छ। स्वास्थ्योपचारमा कठिनाइ भइरहेको छ भने रोजगारी र व्यवसाय गुम्दा बैंकको ब्याज तिर्न नसकेर विस्थापितहरू मानसिक तनावमा छन्। पहिले व्यवस्थापनको योजना बनाएर मात्र बस्ती हटाउनु पर्दथ्यो, तर सरकारले उल्टो बाटो रोज्दा समस्या जटिल बनेको छ।’
अध्यक्ष घिसिङले सुकुमबासी समस्या देशैभरिको साझा समस्या भएको उल्लेख गर्दै वास्तविक सुकुमबासी र सरकारी जग्गा हडप्ने सम्पन्न वर्गबीच स्पष्ट पहिचान हुनुपर्ने धारणा राखे। संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर एकीकृत व्यवस्थापनको स्पष्ट खाका ल्याउन सरकारलाई आग्रह गरे।
छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली आमाको सिड्नी विमानस्थलमै निधन
विद्यालयमा बाढीले क्षति गरेपछि सामुदायिक भवनमा पठनपाठन
पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, २० जनाको मृत्यु
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि सरकारले दर्ता नगर्ने
विपक्षीको आरोप : सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन
सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख
एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो
मोदीको ब्याण्ड बजाउदै भारतमा जन्मियो कक्रोच पार्टी, प्रधानन्यायाधीश लखेट्ने, ४ दिनमै सवा करोडको साथ
यी हुन् विश्वकपमा सबैभन्दा धेरै खेल जित्ने १० टिम
प्रतिक्रिया