३० साउन २०८२
काठमाडौं –ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरी वृत्त सोह्रखुट्टेले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता हुनेहरूमा नुवाकोट घर भएका सानुभाइ भनिने युवराज गुरुङ, दिलकुमार तुम्बापो , रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।
उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा अहिले उनीहरूको बयान सुरु भएको छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने तथा पुर्पक्षका लागि कारागार चलान गर्ने मध्ये एक आदेश आउने छ ।
१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप छ । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । पक्राउ परेका दिलकुमार र रवीन्द्र राजेन्द्र गुरुङ समूहका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
पुरानो रिसइबीका कारण उनीहरूबीच दोहोरी साँझभित्रै हानाहानको अवस्था आएको थियो । त्यसपछि राजेन्द्रले चक्कु समाउँदै आक्रमणको प्रयास गरेका थिए । दोहोरी साँझका बाउन्सरले उनीहरूलाई बाहिर निकाल्दै प्रहरीलाई खबर गरेका थिए ।
यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरू दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया