२३ पुस २०८२
काठमाण्डौ – वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको छ । दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको पर्साको वीरगञ्जमा हिन्दू–मुस्लिम समुदायका अगुवा र जिल्लामा क्रियाशील राजनीतिक दलबीच पाँच बुँदे सहमति भएपछि जनजीवन सामान्य बन्न थालेको हो ।
साम्प्रदायिक तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यू आदेशका कारण अस्ति र हिजो वीरगञ्जमा जनजीवन प्रभावित भएको थियो ।
कर्फ्यू हटेपछि बजार खुलेका छन् भने सडकमा आवागमन पनि सामान्य भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
तराई मधेशका कतिपय जिल्लामा सामुदायिक विवादका कारण अशान्त बनेर पटक–पटक कर्फ्यू र निषेधाज्ञा लागू गर्नपर्ने परिस्थितिबारे सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । केही वर्षदेखि फरक समुदायमा सामान्य विवाद हुँदा पनि कर्फ्यू लगाउनुपर्ने गरि अवस्था बिग्रने गरेकोले त्यसले डर पैदा गरेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीले धार्मिक समुदायसँगै राजनीतिक दल, स्थानीय अगुवा र सङ्घ–संस्थाहरूले पनि समुदायगत विवाद बढ्न नदिने प्रभावकारी अभियान थाल्नुपर्ने वीरगञ्जका सामाजिक अगुवा कमल चौगाईँले बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया