२३ पुस २०८२
काठमाण्डौ – वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको छ । दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको पर्साको वीरगञ्जमा हिन्दू–मुस्लिम समुदायका अगुवा र जिल्लामा क्रियाशील राजनीतिक दलबीच पाँच बुँदे सहमति भएपछि जनजीवन सामान्य बन्न थालेको हो ।
साम्प्रदायिक तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यू आदेशका कारण अस्ति र हिजो वीरगञ्जमा जनजीवन प्रभावित भएको थियो ।
कर्फ्यू हटेपछि बजार खुलेका छन् भने सडकमा आवागमन पनि सामान्य भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
तराई मधेशका कतिपय जिल्लामा सामुदायिक विवादका कारण अशान्त बनेर पटक–पटक कर्फ्यू र निषेधाज्ञा लागू गर्नपर्ने परिस्थितिबारे सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । केही वर्षदेखि फरक समुदायमा सामान्य विवाद हुँदा पनि कर्फ्यू लगाउनुपर्ने गरि अवस्था बिग्रने गरेकोले त्यसले डर पैदा गरेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीले धार्मिक समुदायसँगै राजनीतिक दल, स्थानीय अगुवा र सङ्घ–संस्थाहरूले पनि समुदायगत विवाद बढ्न नदिने प्रभावकारी अभियान थाल्नुपर्ने वीरगञ्जका सामाजिक अगुवा कमल चौगाईँले बताए ।
गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे
गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो
पचास लाख म्यासेज पठाउने राजावादी पक्राउ
सुन र चाँदीको मूल्य हालसम्मै महंगो
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि…
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको उम्मेदवारी
भारतमा नाै जनाको मृत्युपछि सल्यानकाे भडारे गाउँमा शोक
भृकुटीमण्डपमा मनोनयन धमाधम, ३ जनाले लगे सभापतिको फाराम
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय ३ महिना बन्द
प्रतिक्रिया