२२ जेठ २०८३
काठमाडौं - अबको केही दिनमा अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुने २०२६ फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक नयाँ प्रतिवेदनले दिएको छ ।
‘फिफाज क्लाइमेट ब्लाइन्ड स्पट’ नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्यधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढाउने जनाएको छ ।
न्यू वेदर इन्स्चिट्युटले तयार पारेको उक्त अध्ययनअनुसार २०२६ विश्वकपबाट कम्तीमा ९० लाख टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन हुनेछ । यो २०१० देखि २०२२ सम्म भएका विश्वकपहरूको औसत ४७ लाख टन उत्सर्जनभन्दा झन्डै दोब्बर हो ।
प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या १ करोड ५० लाख टन सम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगितामध्ये एक बनाउन सक्छ ।
टोली र खेल बढ्दा उत्सर्जन पनि बढ्ने
यसपटक विश्वकपमा ४८ टोली सहभागी हुनेछन् भने १०४ खेल खेलाइनेछ । यो अघिल्ला संस्करणहरूको तुलनामा ६३ प्रतिशत बढी हो ।
अध्ययनका अनुसार टोली, समर्थक र सञ्चारकर्मीको संख्या बढेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाब पनि बढ्नेछ । विशेषगरी हवाई यात्रा विश्वकपको सबैभन्दा ठूलो प्रदूषण स्रोत बन्ने प्रतिवेदनको निष्कर्ष छ ।
२०२६ विश्वकपका खेलहरू उत्तर अमेरिकाका १६ शहरमा आयोजना हुनेछन् । यी शहरहरू एकअर्काबाट हजारौं किलोमिटर टाढा छन्, जसका कारण टोली, पत्रकार र लाखौं समर्थकले मुख्य रूपमा हवाई यात्रा गर्नुपर्नेछ ।
प्रतिवेदनले हवाई यात्राबाट मात्रै ७७ लाख टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन हुने अनुमान गरेको छ, जुन कुल उत्सर्जनको अधिकांश हिस्सा हो । यसबाहेक, उडानसँग सम्बन्धित उत्सर्जन अघिल्ला विश्वकपहरूको तुलनामा १६० प्रतिशतदेखि ३२५ प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिइएको छ ।
प्रतिवेदनले नयाँ स्टेडियमहरू व्यापक रूपमा निर्माण गर्न नपर्ने भएकाले केही असर कम भए पनि वास्तविक समस्या प्रतियोगिताको संरचनामै रहेको जनाएको छ ।
विश्वकप झन् ठूलो, झन् अन्तर्राष्ट्रिय र लामो दूरीको यात्रामा झन् निर्भर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ । साथै, युरोप वा एसियामा जस्तो उत्तर अमेरिकामा व्यापक हाई(स्पिड रेल सञ्जाल नभएकाले वातावरणमैत्री यातायातको विकल्प सीमित रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनका लेखकहरूले फिफामाथि वातावरणीय संकटप्रति ‘अन्धो दृष्टिकोण’ (ब्लाइन्ड स्पट) अपनाएको आरोप लगाएका छन्।
उनीहरूका अनुसार फिफाले दिगोपनाका प्रतिबद्धता व्यक्त गरे पनि प्रतियोगिता विस्तार गर्ने र टाढाटाढा रहेका शहरहरूलाई आयोजक बनाउने जस्ता निर्णयले ती प्रतिबद्धतासँग मेल खाँदैनन् ।
प्रतिवेदनले २०२६ विश्वकपले जलवायु संकट न्यूनीकरणमा सहयोग गर्नुको सट्टा त्यसलाई थप गम्भीर बनाउन सक्ने चेतावनीसमेत दिएको छ ।
फिफाको प्रतिक्रिया
यता फिफाले भने २०२६ विश्वकपसँगै वातावरणीय प्रभाव कम गर्ने र आयोजक शहरहरूमा ‘सकारात्मक विरासत’ छोड्ने उद्देश्यसहित दिगोपना रणनीति लागू गरिने जनाएको छ ।
फिफाका अनुसार स्टेडियम र अस्थायी संरचनाहरूमा दिगो निर्माण मापदण्ड अपनाइने, सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गरिने तथा फोहोर, ऊर्जा खपत र उत्सर्जन घटाउने प्रयास गरिनेछ । फिफाले आयोजक शहरहरूले दीर्घकालीन जलवायु कार्यक्रम लागू गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।
तर साइन्टिस्ट्स फर ग्लोबल रेस्पोन्सिबिलिटी, इन्भाइरोभेन्टल डिफेन्स फन्ड र द स्पोर्ट फर क्लाइमेट एक्सन नेटवर्कको सहकार्यमा तयार गरिएको प्रतिवेदनले यी उपायहरूले प्रतियोगिताको संरचनागत वातावरणीय प्रभावलाई पर्याप्त रूपमा कम गर्न नसक्ने जनाएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया