१२ मंसिर २०८२
काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।
बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।
आयोगका अनुसार पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
अहिलेसम्म दर्ता भएका दलमा आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् । आयोगमा अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।
पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन् ।
यस्तै, अगामी फागुन २१ को निर्वाचनमा विभिन्न दल मिलेर एकल निर्वाचन चिन्हमा भाग लिने गरी निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका छन् । जसमा कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।
यस्तै, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी आयोगमा निवेदन दर्ता गराएका छन् ।
१६ दलले दिएको निवेदन दर्ता प्रक्रियामा
यस्तै, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि मात्रै २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार गत साउनदेखि अहिलेसम्म दल दर्ताका लागि निवेदन पेश गरेकोमा २१ वटा नयाँ दल दर्ता भएका हुन् । दल दर्ताका लागि निवेदन दिएका १६ वटै दल भने दर्ताको प्रक्रियामै रहेका छन् ।
आगामी फागुन २१ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता गर्ने समय सीमा ४ दिन थपिएकाले अबको ४ दिन भित्र नयाँ दल दर्ता गराउनेले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गराउन सक्नेछन् ।
आयोगका अनुसार दर्ताको प्रक्रियामा रहेका दलमध्ये अधिकांशलाई ७७ वटै जिल्लाबाट ५ सय मतदाताको सनाखत गराउन मुस्किल भइरहेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया