२८ असोज २०८३
काठमाडौं- विशेष महाधिवेशनमार्फत देउवालाई पाखा लगाएका, १५ महाधिवेशनबाट आधिकारिक पार्टी आफ्नो कमाण्डमा लिएका नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सर्वोच्च तहमा आफू अनुकूलको सशक्त सेट निर्माण गरेका छन्। १५औँ महाधिवेशनको मतपरिणाम अनुसार नौ प्रमुख पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरहरूको एकलौटी वर्चस्व देखिएको छ। तर, यही महाधिवेशनले विशेष महाधिवेशनबाट आएका केही नेतालाई भने नराम्रोसँग झड्का दिएको छ भने देउवा क्याम्प छाडेर आएका केहिलाई आउने वित्तिकै लाभ मिलेको छ ।
१४ पदाधिकारीमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितको संख्या बढाएर २५ पु¥याइएको छ। सभापतिमा गगन थापा दोहोरिए, विश्वप्रकाश शर्माका लागि वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गरिँदा सर्वसम्मत भए। महिला उपसभापतिको पद पनि थपिँदा पुष्पा भुसाललाई चुनौती दिन कोही उभिएन। उपसभापतिको दुई खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा एक समावेशी पदमा विनोदकुमार चौधरी निर्वाचित भए। आचार्य विशेष महाधिवेशनका लागि देशभर अभियानमा सक्रिय थिए। चौधरी पनि विशेष महाधिवेशनमा सहभागी थिए। उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका चौधरी ९ वर्षमै कांग्रेसको नेतृत्व तहमा आएका छन्।
विशेष महाधिवेशनको विपक्षमा उभिएका धनराज गुरुङ, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, सीता गुुरुङ, रञ्जित कर्ण, चन्द्रमोहन यादव, जीवन परियार पराजित भए। महामन्त्रीको दुई खुला पदमा पनि विशेष पक्षधर प्रदीप पौडेल र उदयशमशेर राणा तथा एक महिला पदमा डिला संग्रौला निर्वाचित भए। महाधिवेशन प्रतिनिधिले उपसभापति र महामन्त्रीको ६ पदमा नै विशेष महाधिवेशनका अगुवालाई नै रोजे।
सह–महामन्त्रीमा पनि विशेषकै दबदबा
महिला सहमहामन्त्रीमा पनि विशेष महाधिवेशन पक्षधर प्रतिमा गौतम निर्वाचित भएकी छन्। विशेष महाधिवेशनको उद्घाटनमा सहभागी भएकी नानीमैया बास्कोटालाई हराएर गौतमले जित हासिल गरिन्। आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा दोहोरिए। विशेषमा सहमहामन्त्री बनेका लामा नियमितबाट पनि सोही पदमा दोहोरिन सफल भए। दलित सहमहामन्त्रीमा पनि प्रकाश रसाइली स्नेही दोहोरिने पक्का छ।
देउवा समूह छाड्दा रामहरिलाई लाभ
१५ औं महाधिवेशन सुरु हुनुभन्दा केहि दिन अघिसम्म देउवा समूहमा रहेका रामहरी खतिवडालाई देउवा समूह छाड्ने वित्तिकै लाभ मिलेको छ । उनले खुला सहमहामन्त्रीमा सबैभन्दा अगाडि रहेर जित निकालेका छन् । खतिवडा २ हजार ९ सय १९ र सिवाकोटी २ हजार १७२ मत प्राप्त गरेर सहमहामन्त्री निर्वाचित भएका छन् । शिवाकोटी भने विशेष महाधिवेशन पक्षधर नै हुन् ।
देउवा छोड्दा जीवनबहादुर शाहीको पनि जित
लामो समय देउवा समूहमा रहेका कर्णलीका नेता शाही १५औँ महाधिवेशनको प्रक्रिया सुरु भएपछिमा मात्र संस्थापन समूहमा जोडिएका थिए । देउवालाई छाडेर कांग्रेसको सहमहामन्त्रीमा भिडेका उनले पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा बाजी मारेका छन् ।
विशेषबाट आएको नेतृत्व, जसले हारे
विशेष महाधिवेशनबाट आएको केहि नेताहरु भने १५ औं महाधिवेशनमा नराम्ररी पराजित भएका छन्। गुरु घिमिरे विशेष महाधिवेशनमा महमन्त्री बनेका थिए, १५ औं महाधिवेशनमा महामन्त्री पदमै पराजित भएका छन्। विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका फरमुल्लाह मन्सुर समावेशीतर्फको उपसभापति पदमा चुनाव हारेका छन् । उनीहरु बाहेक अधिकांश जित निकाल्ने नेताहरु विशेष महाधिवेशन पक्षधर छन्।
विशेष महाधिवेशनको आँधीबाट कांग्रेसको सभापति बनेका गगन थापाले १५औँ महाधिवेशन मार्फत पार्टीभित्र आफ्नो सांगठनिक पकड र समीकरणलाई अझै बलियो बनाएका छन्। पुराना र संस्थापन भनिएका हस्तीहरूलाई पाखा लगाउँदै नयाँ टिम उभ्याउन सफल भएका थापाका लागि यो जित जति उत्साहजनक छ, आगामी दिनमा पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउनु त्यत्तिकै ठूलो अग्निपरीक्षा पनि हुनेछ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया