०४ पुस २०८२
काठमाण्डौ – अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको अहिलेसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ ।
बीमा प्राधिकरणका अनुसार गएको असोज १८ गते यताको वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीमा कूल ७ सय ९० वटा प्रारम्भिक बीमा दाबी परेको थियो । त्यसमा कूल चार अर्ब १८ करोड २६ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये अहिलेसम्ममा कूल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४ सय १७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख रपैयाँ बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार दाबीमा नौ करोड ६४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १ सय ७ वटा बीमा दाबीको झन्डै ५१ करोड ५७ लाख रुपैयाँ मध्ये कूल सात वटा दाबीको ९ लाख बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २ सय १० वटा बीमा दाबी परेको थियो । त्यसमा झन्डै चार करोड १४ लाख दाबी रकममध्ये कूल ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै, गाडी बीमा ९निजी० तर्फ ४० वटा बीमा दाबीको झन्डै दुई करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये कूल १२ वटा दाबीको १ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ ।
सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुई वटा दाबीको ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया