०४ पुस २०८२
काठमाण्डौ – अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको अहिलेसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ ।
बीमा प्राधिकरणका अनुसार गएको असोज १८ गते यताको वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीमा कूल ७ सय ९० वटा प्रारम्भिक बीमा दाबी परेको थियो । त्यसमा कूल चार अर्ब १८ करोड २६ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये अहिलेसम्ममा कूल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४ सय १७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख रपैयाँ बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार दाबीमा नौ करोड ६४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १ सय ७ वटा बीमा दाबीको झन्डै ५१ करोड ५७ लाख रुपैयाँ मध्ये कूल सात वटा दाबीको ९ लाख बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २ सय १० वटा बीमा दाबी परेको थियो । त्यसमा झन्डै चार करोड १४ लाख दाबी रकममध्ये कूल ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै, गाडी बीमा ९निजी० तर्फ ४० वटा बीमा दाबीको झन्डै दुई करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये कूल १२ वटा दाबीको १ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ ।
सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुई वटा दाबीको ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया