२५ भदौ २०८२
काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ ।
प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको सेनाले जारी गरेको अपडेटमा उल्लेख छ ।
जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक समूहले आगजनी गरेका सार्वजनिक तथा निजी संरचनाको आगो निभाउन तीनवटा बारुण यन्त्रको प्रयोग गरिएको सेनाले जनाएको छ ।
काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी काठमाडौँको गौशाला(चाबहिल(बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको पनि सेनाले जानकारी दिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया