१२ भदौ २०८२
काडमाडौं – इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो युद्धका कारण विश्वमा रहेका यहुदीहरुको सुरक्षा संवेदनशीलता बढेको छ । सोही कारण नेपालमा पनि भोलिदेखि इजरायली नागरिक र यहुदीहरुको सुरक्षार्थ नेपाल प्रहरीले विशेष योजना बनाएको बुझिएको छ ।
काठमाडौंस्थित इजरायली दूतावासले गरेको आग्रहबमोजिम परराष्ट्र मन्त्रालयले गृहलाई यहुदीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन पत्राचार गरेको छ । सोहीबमोजिम नेपाल प्रहरीले यहुदीहरुको मुख्य बसोबास स्थान ठमेलको चाबड हाउस वरपर सुरक्षा व्यवस्था मिलाएको बुझिएको छ । त्यसैगरी इजरायली दूतावास र तिनका कर्मचारी बस्ने भवन तथा स्थान वरपर थप सुरक्षाकर्मी खटाइने प्रहरीको दावी छ ।
उनीहरुले भेडाको सिङ पनि फुक्छन् । त्यसैगरी उक्त समुदायमा नयाँ वर्षको पहिलो दिन घिउमा डुबाइएको स्याउ खाने चलन छ ।
सेप्टेम्बर महिनामा पर्ने यहुदी समुदायको नयाँ वर्षमा सुरक्षा संवेदनशीलता बढेको हो । हिब्रु पात्रोअनुसार तेस्रो महिनाको पहिलो र दोस्रो दिन मनाइने उक्त अवसरमा यहुदी समुदायमाथि आक्रमण हुनसक्ने पूर्व आकलनका साथ सुरक्षा प्रबन्ध गरिएको गृह स्रोतले जानकारी दिएको छ ।
नयाँ वर्षमा यहुदी समुदायले आत्मचिन्तन,प्रार्थना र शुभकामना आदानप्रदान गर्छन् । परम्परागत रूपमा उनीहरुले भेडाको सिङ पनि फुक्छन् । त्यसैगरी उक्त समुदायमा नयाँ वर्षको पहिलो दिन घिउमा डुबाइएको स्याउ खाने चलन छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया