०९ असोज २०८२
काठमाडौँ - दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ ।
‘मुख्य सुरुङको परीक्षण भइसक्यो । अब फ्लाइओभरको परीक्षण हुँदै छ,’ पन्थीले भने, शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ ।’
साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए ।
साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि उनले बताए ।
गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए । साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ ।
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया