०१ चैत २०८२
काठमाडौं- गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत सिस्ने भिर खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ ।
सडक डिभिजन पाल्पाको पत्रानुसार उक्त स्थानमा स्तरोन्नतिका लागि आजदेखि ३० गतेसम्म चौबीसै घण्टा सडक बन्द गरिने जिल्ला प्रशान्त कार्यालयले जनाएको छ ।
सिस्ने भिर अत्यन्त साँघुरो र संवेदनशील स्थान भएकाले कटिङ गर्दा ढुङ्गा खस्ने जोखिम बढेको र सवारी दुर्घटना हुन सक्ने सम्भावना रहेकाले सुरक्षा सावधानी अपनाउँदै सडक बन्द गरिएको हो ।
निर्वाचनअघि पनि एक महिनासम्म सडक बन्द गरेर स्तरोन्नतिको काम गरिएको थियो ।
यस अवधिमा सो सडक प्रयोग गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई आवश्यक योजना बनाएर यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया